रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका अन्तर्गत ५ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिका अन्तर्गत ५ नम्बर वडा कार्यालयले आफ्नो वडा कार्यालयद्वारा प्रवाह भएको सामाजिक सुरक्षा भत्ता कार्यक्रमको प्रभावकारिताका विषयमा बुधबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो ।
सिविस नेपालको सहजीकरण र सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको समन्वयमा ५ नम्बर वडा कार्यालयले गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रमसँग सम्बद्ध सेवा तथा सुशासन प्रवर्द्धनका लागि सार्वजनिक निकायका पदाधिकारीहरुबीच सार्वजनिक चासोका विषय सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्बन्धी खुला छलफल गरिएको बताइएको छ ।
नगरपालिकाको वडा नम्बर ५ स्थित सहिद प्रतिष्ठानको सभाहल सेरीगाउँमा सम्पन्न कार्यक्रम वडा स्थीत सेवा प्रदायिक संस्था एबं सार्वजनिक निकाय र आम सेवाग्राहीहरु बीच दोहोरो संवाद स्थापित गरी सेवा प्रवाहमा सेवाग्राहीको रचनात्मक प्रतिनिधित्व गराउने उद्देश्यले गरिएको आयोजकले जनाएको छ । सेवालाई पारदर्शिताका माध्यमबाट गुणस्तरीय र प्रभावकारी बनाउनुका साथै सार्वजनिक पद धारण गरेका ब्यक्तिहरुमा जिम्मेवारीको संस्कार बसाउन र जवाफदेही बनाउन कार्यक्रमको आयोजना गरिएको हो ।
नगरपालिकाका प्रमुख देविलाल गौतमको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा ५ नम्बर वडाका सम्पुर्ण वडा सदस्यहरु, जवाफदेही बक्ताहरु पन्जिकरण शाखाका शाखा प्रमुख कृष्ण बहादुर खत्री, ५ नम्बर वडाका सचिब चाँदनी महतारा, भत्ता वितरण सेवा प्रदायक वित्तिय सँस्था नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक शसिराम केसी, पञ्जीकरण शाखाका कर्मचारीहरु लगायत वडा नम्बर ५ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने करिव एक सय जना लाभग्राहीहरुको सहभागिता रहेको थियो ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सुशील गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण सिविस नेपालका सामाजिक परिचालन अधिकृत गणेश कुमार खड्काले गर्नु भएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।