जंगबहादुर रेउले
रोल्पा । मानिसको पहिलो रोजाइमा पर्ने सडक पूर्वाधार हो । पछिल्लो समयमा बाटो खन्ने तथा विस्तार गर्ने कामहरु पनि तीब्र गतिमा चलिरहेका छन् । गाउँ–गाउँ/घर–घरमा मोटर बोटो सजिलै पुगेका देख्न सकिन्छ । स्थानीय सरकार गठन भएसँगै सबैभन्दा बढी बाटो खन्ने कामलाई नै प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
तर, अधिकांश ठाउँहरुमा सडक विस्तारका कामहरु भएतापनि सडकखण्डहरु दिनानुदिन जीर्ण बन्दै गइरहेका छन् । सडक मापदण्द नपु¥याई बाटो खन्ने तथा सडक विस्तार पश्चात त्यसको नियमन तथा नियन्त्रण गर्ने सम्बन्धित निकायहरुले बेवास्ताले गर्दा सडकखण्डहरु बिग्रिदै गएका हुन् । यसो हुनुमा राज्यको फितलो नीति र नियमको उपज नै हो । त्यसैको गतिलो उदाहरण पात्रको रुपमा रहेको छ, सहिदमार्ग घोराही–होलेरी सडकखण्ड ।
सहिदमार्ग घोराही–होलेरी, होलेरी–थबाङसम्म जोड्ने १ सय ३८ किलोमिटर मोटरबाटो बिजोक अवस्थामा रहेको छ । सहिदमार्गको नाममा राज्यबाट वर्षेनी करोडौं रकम विनियोजन भएतापनि सडकको मर्मत, सम्भार तथा स्तरोन्नती नहुँदा मार्ग हरिबिजोक अवस्थामा पुगेको हो । घोराहीदेखि थवाङसम्म जोड्ने मोटरबाटोलाई सहिदको नामबाट नामाक्ररण गरिएको छ । जसरी सहिदका सपनाहरु हराउँदै गएका छन्, त्यसैरी नै सहिदमार्ग पनि हराउँदै जान थालेको देखिन्छ । सहिदले देखेका सपना पुरा गर्ने अठोट र प्रतिबद्धता जनाएका कमरेडहरु पनि यतिबेला आफै हराउन थालेका छन् । ती हिजोका कमरेडहरुले सहिदका नामबाट सहिदमार्गको संघा दिएपनि मार्गले झनै सहिदहरुलाई नै गिज्याइरहेको छ ।
कमरेडहरु मार्गको हालत देख्न र सुन्न नपरोस भनेर कतै अनेत्र गएर बसेका छन् । ती सहिदको नाममा वर्षेणी करोडौ रकम विनियोजन पनि गरिन्छ, तर मार्गको हालतभने दिनप्रतिदिन जोखिमहुँदै गएको छ । वर्षातको समयमा घोराही–होलेरी सडकखण्डका बीच–बीचमा सिचाईका नाला र माछा पाल्ने पोखरी जस्ता तालहरु ठाउँ–ठाउँमा सहजै देख्ने सकिन्छ, भने सुख्या याममा धुलोले सडक नै नदेखिने अवस्थामा पुगेको हुन्छ । कालोपत्रे बाटो अतिबेला नयाँ सडक निर्माण जस्तै बनेको छ । सडक जताततै खाल्डाखुल्डी, कतै छियाछिया तथा धुजाधुजा भएको छ । कतै बीच सडकमा नै नाला तथा ठूला पोखरी जस्तै बनेको देखिन्छ । सडकको बारेमा संघर्षका आन्दोलनदेखि सम्बन्धित निकायहरुसँग बहस तथा छलफल गरेको भएतापनि अहिलेसम्म त्यसको कुनै टुङ्गो लाग्न सकेको छैन् ।
सहिदमार्ग अन्तर्गत पर्ने घोराहीदेखि होलेरीसम्म जोड्ने ३१.५ किलोमिटर मोटरबाटो कालोपत्रे भएको करिब तीन वर्षमै जिर्ण भएको स्थानीयबासीहरुले बताएका छन् ।
हेवी लोडका टिप्परहरुले उप्किएको कालोपत्रे दिनदिनै झनै छियाछिया बन्दै गइरहेको र उक्त सडकखण्डमा भगवानसँग प्रार्थना गर्दै यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयबासीहरुले बताएका हुन् । टिप्परकै कारणले उप्किएको कालोपत्रे मोटरबाटो कच्ची सरह भएको र सो सडकखण्ड मर्मत सम्भार नहुँदा बाटो नै नदेखिने धुलो, खाल्डाखुल्डी तथा चिराचिराहरु भएको सडकखण्ड वर्षातमा हिलाम्य र हिउँदमा धुँलाम्यसहितको कष्टपूर्ण जोखिम यात्रा गर्नुपर्ने स्थानीयबासीहरुको भनाइ छ ।
नेपाली कांग्रेस रुन्टीगढी गाउँपालिकाका सभापति जनक पुनले स्थानीय तहको चरम लापरबाहीकै कारणले सडक दिनानुदिन जिर्ण बन्दै गएको बताए । उनले जनता आवतजावत गर्ने सडक स्थानीयबासीहरुसँग प्रत्यक्ष जोडिएको विषय भएको र यसको अभिभाकत्वको रुपमा रहेका स्थानीय तहहरुको वेवास्था र वेखबर भएकै हुँनाले सडकहरु जोखिम बन्दै गएका समेत स्पष्ट पारे ।
सहिदमार्ग घोराहीदेखि होलेरीसम्मको सडकमा ठेकेदारले कम्सल र गुणस्तरीयहिन कच्चा पदार्य प्रयोग गरेकै हुनाले छोटो समयमै कालोपत्रे उप्किएको र चुन ढुङ्गा बक्ने टिप्परका लागि छुट्टै बैकल्पिक मार्ग नहुँदा सडक क्षमता भन्दा बढी लोड बोकेर हिड्ने दैनिक सयौं टिप्परका कारण सडकको अवस्था नाजुक बनेको उनको भनाइ छ । यस्तो हुनुमा स्थानीय सरकारको समन्वयकारी भूमिका नहुनु र नियमन तथा नियन्त्रण गर्ने निकायहरु आँखा चिम्लेर बसेको तर यस विषयमा आफूहरु निरन्तर पहल, कदमीमा जुटिरहेको सभापति पुनले जिकिर गरे ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले नेपाल सरकारको मातहतमा रहेको सहिदमार्ग अन्तर्गत पर्ने घोराही–होलेरी सडकखण्ड निकै जोखिमपूर्ण रहेका बताए । उनले दैनिक रुपमा हिड्ने हेवी लोडका टिप्परका कारण दिनप्रतिदिन झनझनै बाटोको अवस्था डरलाग्दो अवस्थामा पुगेको प्रष्ट पारे ।
स्थानीय सरकारको तर्फबाट सहिद मार्गको बारेमा पटक–पटक सर्वदलिय, सर्वपक्षीय छफलग गर्दा ठेकेदारले काम गर्ने प्रतिवद्धता जनाएको तर अहिलेसम्म ठेकेदारले काम नगर्दा र सम्पर्कमा नआउँदा समस्याको समाधान हुन नसकेकोमा उनले सिस्ने अनलाइनसँगको कुराकानी बताए ।
स्थानीय सरकारबाट आफूहरुले बाटोको मर्मत तथा सम्भारको लागि सडक सम्बन्धित निकायहरुलाई सचेत तथा ध्यानाकर्षण गर्दै आइरहेको भएतापनि यो विषयमा अब संघीय र प्रदेश सरकारले पहल,कममी लिएर सडक व्यवस्थापनमा ध्यानदिनुपर्ने उनको भनाइ छ । चुनढुङ्गा बोक्ने टिप्परको लागि खारा–धारापानी हुँदै हापुर जोड्ने वैकल्पिक मार्गको अध्ययन भएतापनि त्यहाँका स्थानीय जनताहरुले बाटो दिन नसक्ने गुनासो गरेपछि सो मार्गको काम अगाडि बढ्न नसकेको अध्यक्ष बुढाले जानकारी दिए ।
सहिद मार्गका प्रमुख पवन भट्टाईले ठेकेदारले ठक्का सम्झौता अनुसार सडक बनाउँने प्रतिवद्धता जनताएपनि सोही अनुसार काम नगर्दा घोराही–होलेरी सडकखण्ड जीर्ण हुँदै भएको बताए । उनले ठेकेदारले सम्झौता अनुसारको नगरेपछि कार्यालयले गत मंसिर ६ गते ठेक्का तोडेको भएतापनि सो विषयमा ठेकेदारले उल्टै अदालमा मुद्धा दायर गरेको हुँदा उक्त विषयमा अदालतले टुङ्गो नलगाएसम्म अरु कुनै प्रक्रिया अगाडि नबढ्ने स्पष्ट पारे ।
कार्यालयले सहिद मार्गमा सामान्य मर्मतका कामहरु बाहेक अरु केही गर्न नसक्ने तर सहिद मार्गको डिपीआर तयार पार्ने र अदालतले सो मुद्धालाई सदर गरिदिएको खण्डमा दुई वर्षको अवधीमा बाटो कालोपत्रे गर्न सकिने उनको भनाइ छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।