रुकुम (पश्चिम)को मुसीकोट नगरपालिकामा सिलाई कटाई सम्वन्धी स्तरोन्नति सीप विकास तालिम सम्पन्न भएको छ । आर्थिक समृद्धिको आधार, लघु उद्यम मार्फत रोजगार भन्ने नाराका साथ सञ्चालित ४५ दिने सिलाई कटाई सम्वन्धी स्तरोन्नति सीप विकास तालिम सम्पन्न भएको हो । नगरपालिकाको आयोजनामा गरिबी निबारणका लागि लघु उद्मम विकास कार्यक्रम अन्तरगत सञ्चालित ४५ दिने सिलाई कटाई सम्वन्धी स्तरोन्नति सीप विकास तालिमको नगर प्रमुख देबिलाल गौतमले सोमबार समापन गर्नु भएको छ । मुसिकोट नगरपालिकाको वडा नम्बर १३, डाँडाछिबाङमा गत माघ १८ गतेदेखि सञ्चालित तालिम यहि चैत ७ गते सोमबार सम्पन्न भएको नगरपालिकाका उद्यम विकास सहजकर्ता रोशन पुनले जानकारी दिनुभयो । वडा अध्यक्ष दिपक केसीको अध्यक्षतामा सम्पन्न तालिममा यस अघि आधारभूत सिलाई कटाई सम्वन्धि सीप विकास तालिम लिएका १९ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण तथा प्रशिक्षण नगरपालिका १ की सिलाई कटाई सम्वन्धि प्रशिक्षक हिरा दमाईले गर्नु भएको थियो भने तालिमको ब्यबस्थापन नगरपालिकाका उद्यम विकास सहजकर्ता रोशन पुन र हुकुम बहादुर केसीले गर्नु भएको बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।