रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरलाई स्वागत गरिएको छ ।
नेपाल बिद्युत प्राधिकरण रुकुम शाखाको धैरेनीचौरमा निर्मित बिद्युत सब स्टेशनको उद्घाटन तथा पार्टी कार्यक्रमका लागि रुकुम (पश्चिम) पुग्नु भएका अर्थमन्त्री जर्नादन शर्मा प्रभाकरलाई नगरपालिकामा स्वागत गरिएको हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्मा र बसन्त कुमार शर्मा, नगरपालिकाका प्रमुख देबिलाल गौतम, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोबिन्द रोका, नगरपालिकाका उप प्रमुख प्रेम कुमारी सुनार केसी, प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर पुन लगायतले स्वागत गर्नु भएको छ ।
नगरपालिकामा स्वगतपछि अर्थमन्त्री शर्माले नगरपालिकामा भइरहेका विकास निर्माण लगायतका गतिबीधिको जानकारी लिनुका साथै आगामी दिनमा गर्नुपर्ने कामकाजका बिषयमा निर्देशन समेत दिनु भएको छ । अर्थमन्त्री शर्मा आइतबार पार्टीको कार्यक्रममा सहभागि हुने र सोमबार बिद्युत सब स्टेशनको उद्घाटन समारोहमा सहभागि हुने बताइएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।