घोराही उपमहानगरपालिका वडा नम्बर १८ नवलपुरमा अम्बिकेश्वरी सिकाइ केन्द्र स्थापनाका लागि प्रारम्भिक भेला गरिएको छ ।
ज्येष्ठ नागरिक दधिराम पोख्रेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका निमित्त प्रमुख नारायणप्रसाद पौडेलको प्रमुख आतिथ्यमा भेला भएको हो ।
भेलाले प्रमिता चौधरीको अध्यक्षतामा तदर्थ ब्यवस्थापन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा सूर्यचन्द्र राना, सचिव हिमा पोख्रेल, कोषाध्यक्ष ऋषिराम चौधरी तथा सदस्यहरु नरेन्द्र केसी र नर्मदा चौधरीलाई चयन गरेको छ । संस्थाको पदेन सदस्यमा घोराही उपमहानगर शिक्षा शाखाका प्रतिनिधि र आधारभूत विद्यालय बेलघारीका प्रधानाध्यापक रहनुहुनेछ ।
समुदायमा निरन्तर शिक्षा, पुस्तकालय र वाचानालयलगायतका विभिन्न सामुदायिक गतिबिधि गर्न संस्था स्थापना गर्न थालिको हो । भेलामा वडा सदस्य बुद्धिप्रकाश चौधरीलगायतले बोल्नुभएको थियो । शिक्षाप्रेमी रामप्रसाद जैशीले कार्यक्रममा विषयवस्तु प्रकाश पार्नुभएको थियो भने सुनौलो विहानी टोल विकास संस्थाका सचिव मधुसूदन भट्टराइले कार्यक्रम सञ्चालन गर्नुभउको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।