कमिरेचौर ५ चैत्र
दाङको बंगलाचुली गाउँपालिकाका सिमेन्ट खानि प्रभावित क्षेत्रका स्थानियहरुले चैत ७ गते देखि खानी संचालन भएमा आन्दोलन गर्ने तयारी थालेका छन् । सिमेन्ट उद्योगले गरेको सहमती अहिले सम्म कार्वान्वयन नगरेर खानी संचालन गर्न थालेको भन्दै स्थानिय आक्रोसित भएका हुन् । जिल्ला प्रशासन कार्यालय दाङमा चैत्र १ गते गरेको निर्णय जनपक्षिय नभएको स्थानियको ठहर छ । आज शनिवार बंगलाचुली गाउँपालकाको कमिरेचौर र पन्थटोलमा स्थानियहरु भेला भई चैत्र ७ गतेबाट उद्योग संचालन गर्ने भनी जिल्ला प्रशासन कार्यालयमा भएको निर्णयलाई कार्वान्वयन नगर्न माग समेत गरेका छन् । उनिहरुले उद्योगले पटक पटक गाउँपालिका र स्थानिय जनताको विचमा गरेका सहमती कार्वान्वयन नगरेको भन्दै हाल कालोपत्रे हुन थालेको सडक पूर्णरुपमा कालोपत्रे नहुँदा सम्म उद्योग संचालन गर्न नदिने बताएका छन् । उनिहरुले यदि उद्योगले जवर जस्ती गरेमा चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्ने तयारी थालेका छन् । यहाँका अगुवाहरुले राज्य जनताको पक्षमा जहिले पनि निरीह बन्ने तर उद्योगपतिलाई संरक्षण गरेको भन्दै आफुहरुको मौलिक हक प्राप्तीका लागि आन्दोलन गर्ने बताएका छन् । बंगलाचुली गाउँपालिकाले खानि प्रभावित क्षेत्र जाने सडक तापाचोक देखि तापा र थारा सम्मको चार किलो मिटर सडक कालोपत्रे गराउन भन्दै अहिले खानी उत्खनन स्थगन गराएकोछ । तर उद्योगले सडक कालोपत्रे गर्ने भन्दा पनि आफुहरुको फाईदाका लागि राज्य शक्तिको प्रयोग गर्दै निहत्था जनतालाई दुख दिने र आफ्नो फाईदा लिने गरेको स्थानियको आरोप छ । सगरमाथा सिमेन्ट उद्योग र सम्राट सिमेन्ट उद्योगले तापा चोक देखी तापा सम्मको सडक कालो पत्रे गर्ने भनी सहमति गरेको करिव डेढ वर्ष भए पनि अहिले सम्म सडक कालोपत्रे गरेको छैन । जसकारण अहिले स्थानियले सडक कालोपत्रे नभए आन्दोलन मार्फत राज्यलाई र सिमेन्ट उद्योगलाई खबरदारी गर्ने तयारी थालेको बुझिएको छ ।बंगलाचुली गाउँपालिका खानि प्रभावित क्षेत्रका स्थानिय राजनितिक दल,समाजसेवी,युवा,महिला,टोलविकास संस्था लगाएतले खानि संचालनको विरोध गरेका हुन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।