नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक कपिलवस्तु, शिवगढीस्थित नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको छ । बैठक अपराह्न २ बजे सुरु भएको हो ।
बैठकमा नेकपाका महासचिव विप्लवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय लिने भएकाले चासोपूर्वक हेरिएको छ।
गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोगबारे प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन।
पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । बास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए।
पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ।
एक घण्टा बसेर बैठक स्थगित
यसैबीच बैठक एक घण्टा बसेर स्थगित भएको छ । शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म बैठक बसेर शनिबारसम्मका लागि स्थगित भएको हो ।
शुक्रबारको बैठकमा महासचिव विप्लवले राजनीतिक प्रतिवेदन पेश गरेपछि स्थगित भएको केन्द्रीय सदस्य पदम जिसीले जानकारी दिनुभयो । महासचिवको डकुमेन्ट अध्ययन गर्न बैठक शनिबार बस्ने गरी स्थगित भएको उहाँले जानकारी दिनुभयो ।
शुक्रबारको बैठकमा ६९ जना केन्द्रीय सदस्य र ७ जना सल्लाहकारमध्ये ४ जनाको उपस्थिती रहेको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।