चैत २ राजपुर
प्रेस सेन्टर नेपाल दाङले राजपुर गाउँपालिका शाखा गठन गरेको छ । राजपुर गाउपालिकाको गंगदीमा प्रथम ऐतिहासिक भेला गर्दै १९ सदस्यीय शाखा गठन गरेको हो ।
भेलाले शाखा अध्यक्षमा शान्त कुमार बुढा मगर लाइ चयन गरेको छ भने उपाध्यक्षमा सुमित्रा खड्का र श्याम बाबु भण्डारी लाइ चयन गरेको छ । त्यस्तै सचिबमा प्रेमी सोमइ मगर सहसचिवमा जमुना यादव र कोषाध्यक्षमा तिलक राना रहेका छन । भेलाले सदस्यहरुमा जनक कुमाल, सुनिता यादव, सिता चौधरी, शर्मिला चौधरी, आरती चौधरी, प्रीती माया बुढा, सुवास यादव, भुमिसरा घर्ती, शान्ती कुमारी कुमाल, लक्ष्मि गिरि, टेक बहादुर वि.क. रमेश पुन र सिवानि सेन्चुरी चयन गरेको छ भने सल्लाहकारमा चेत राम यादव लाइ चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य दिदै नेकपा माओवादी केन्द्र राजपुर गाउपालिका अध्यक्ष श्याम रोकाले सुचना संचारको मामिलामा राजपुर पछि परेको बताउनु भएको छ । उहाले पालिकामा पत्रकारिता तालीम दिए पनि पत्रकार उत्पादन गर्न नसकेको भन्दै अबको दिनमा संगठन निर्माणले आफुहरु लाइ उत्साह मिलेको बताउनुभयो ।
चेत राम यादवको अध्यक्षतामा भएको थियो उक्त कार्यक्रमको बिशिस्ट अतिथि प्रेस संगठनका लुम्बिनी प्रदेश बरिस्ठ उपाध्यक्ष प्रकाश चौधरी, संगठनका जिल्ला सदस्य पाण्डब शर्मा अतिथिहरुमा नेकपा माओवादी केन्द्र राजपुर गाउपालिका सह सचीव दिलमति ओलि, वडा नम्बर २ का अध्यक्ष दुर्गा प्रसाद शर्मा, पालिका प्रचारप्रसार बिभाग प्रमुख पुस्कर वली रहनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।