• १० माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
वडा कार्यालयद्वारा शैक्षिक मेला सम्पन्न




घोराही, १ चैत । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ नं. वडा कार्यालय डुब्रिङले शैक्षिक मेला भव्य रुपमा सम्पन्न गरेको छ । वडाले हिजो सोमबार नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा डुब्रिङमा एक कार्यक्रका बीच सो मेला सम्पन्न भएको हो ।

शैक्षिक मेलामा विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि ९ र १० कक्षाका विद्यार्थीलाई बतित्व कला, ६,७ र ८ कक्षाका विद्यार्थीलाई हाजिरी जवाफ, १, २ र ३ कक्षाका विद्यार्थीहरुलाई गोबडा फुटाउने कार्यक्रमहरु गरिएको थियो , भने शिक्षक÷शिक्षिकाका लागि कुर्सी डौडको कार्यक्रम भएको वडा कार्यालयले जनाएको छ ।

मावि तहको बक्तृत्वकलामा नेरामावि डुब्रिङका विद्यार्थी जनज्योति घर्ती प्रथम, अञ्जली रेउले द्वितीय, यज्ञ घर्ती तृतीय र सन्तोष सिर्पालीले सान्त्वना स्थान हासिल गरेका थिए ।
त्यस्तै हाजिरी जवाफमा नेरामावि डुब्रिङका विद्यार्थी रेखबहादुर रोका , उमेश वि.क र हरि थापाले प्रथम स्थान, त्रिपुरश्वरी आव खाराका विद्यार्थी प्रकाश पुन, सुदन घर्ती र मनकुमारी विक द्वितीय स्थान र नेरामाविका विद्यार्थी मनिषा बुढाथोकी, हेमराज रावत र सिजन रोकाले तृतीय हासिल गरेका थिए ।

त्यसैगरी हिसाब डौडमा प्रथम हुनेमा मावि डुब्रिङका विद्यार्थी गणेश पुन र द्वितीय हुनेमा जेनिशा डाँगी, तृतीय हुनेमा त्रिपुरेश्वरी आव खाराका विद्यार्थी डिलबहादुर थापा र सन्त्वाना हुनेमा बालविकास बोरिबाङ कल्पाना थापा रहेका थिए ।

गुबार फुटाउनेमा जनजागृति प्रावि छापका विद्यार्थी सुबाष घर्ती प्रथम र कुमार खड्का द्वितीय, शिव प्रावि सापडाँडा विद्यार्थी सुस्मिता रोका तृतीय र आवि खाराका विद्यार्थी युजन घर्ती सान्त्वना आएका थिए ।
शिक्षक कुर्सी डौडमा नेरामावि डुब्रिङकी शिक्षिका चाँदनी विक प्रथम, त्रिपुरेश्वरी आव खाराकी शिक्षिका शुशिला बुढाथोकी द्वितीय, मावि डुब्रिङकी शिक्षिका द्रोपदी घर्ती तृतीय र बालविकास प्रावि बोरिबाङकी शिक्षिका तारा पुन सान्त्वना आएका थिए ।
वडा कार्यालयको आयोजनामा सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत कुर्सी डौडमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेलाई प्रमाणपत्र र घडी, बक्तृत्वकला, हाजिरी जवाफ, हिसाव डौड, र गोबडा फुटाउने प्रथम, द्वितीय, तृतीय र सान्त्वनाका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरिएको थियो । साथै सो कार्यक्रममा उपस्थिति हुने विद्यालयलाई प्रशंशा पत्र प्रदान गरिएको रुन्टीगढी गाउँपालिका ६ नं. वडा कार्यालयका सदस्य खिमबहादुर घर्तीले जानकारी दिए ।
रुन्टीगढी गाउँपालिका ६ नं. वडा कार्यालयका वडा अध्यक्ष जगतबहादुर घर्तीको अध्यक्षता एवं रुन्टीगढी गाउँपालिका शाखा प्रास घनराज डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेरामाविका विद्यालय व्यवस्थापनका अध्यक्ष तिलक बिक्रम पुन, सम्पूर्ण विद्यालयका शिक्षक/शिक्षिका, विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
रुन्टीगढी गाउँपालिका ६ नं. वडा कार्यालयका सदस्य खिमबहादुर घर्तीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा सचिव भागवत घिमिरेले गरेका थिए ।

Facebook Comments