बिष्णु गोराथाेकी
घाेराही, ३० फागुन । पद्माेदय क्याम्पस शिक्षक बिद्यार्थी समंन्वय समितिले समाज सेवा तथा विद्यालयमा अक्षकाेष स्थापना गर्ने उदेश्यले दाङ जिल्ला उद्योग बाणिज्य संघकाे मुख्य आयाेजकमा संचालित दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रर्दशनी २०७८ काे स्टल नं.१७ मा केही आर्थिक सहयोग हाेस भन्ने उदेश्यले स्टल सञ्चालन गरेको छ।
दाङको घोराहीमा रहेको पद्माेदय क्याम्पस शिक्षक बिद्यार्थी समंन्वय समितिले बिगतका बर्षहरुमा बिभिन्न स्थानका मेला तथा महोत्सबहरुमा मार्केटिङ गरि त्यसबाट भएको मुनाफालाई बिद्यालयमा अक्षकाेष स्थापना गर्दै आइरहेको छ ।
क्याम्पसमा अध्ययनरत विविएस तेस्रो वर्षका विद्यार्थीहरुले प्रदर्शनीको १७ नं. स्टलबाट आफ्नो मार्केटिङलाई सेवा दिदै अाएकाे छन् । जहाँ माक्स, पानी, चाउचाउ, विस्कुट चिप्सका साथै चटपटे पनि राखेका छन्।
बिद्यार्थीहरु भन्छन, “यसबाट अाएकाे नाफा बिद्यालयमा अक्षकाेष स्थापना गर्ने उदेश्यले सञ्चालनमा गरेका हौ ।”
बिद्यार्थीहरुलाई सफल ब्याबसायी, सक्षम नेतृत्व गर्न सक्ने सीपकाे बिकास हाेस र भबिश्यमा सफल, नतृत्वकर्ता बन्न सकाेस भन्ने उदेश्यले बिद्यार्थीकाे पढाईकाे साथसाथै अन्य अतिरिक्त क्रियाकलापमा सहभागी गराउनुपर्ने पद्माेदय क्याम्पस शिक्षक बिद्यार्थी समंन्वय समितिका सल्लाहकार तथा पद्माेदय क्याम्पस प्रमुख निश्चल अाचार्यले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।