दाङ , ३०फागुन । दाङमा चैत्र १२ गतेदेखि सन्चालन हुन लागेको दाङ क्रीकेट लिग -२०७८ को आज सोमबार अक्सन ( खेलाडी खरिद ) सम्पन्न भएको छ । सो सम्पन्न अक्सन कार्यक्रममा ७० जना खेलाडी ४ हजारदेखि १५ हजार सम्म बिकेका छ्न ।
७० जना खेलाडीमा ५ लाख ८० हजारको लागनी गरिएको छ । बाशिर अहमद , अनिल खरेल र विराट भण्डारी तीन जना खेलाडी १५/१५ हजारमा बिकेका छन् ।
औपचारिक कार्यक्रम दाङ जिल्ला क्रीकेट संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रीकेट संघका अध्यक्ष दुर्गा थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो । दाङ जिल्ला क्रीकेट संघका सल्लाहकार खड्क बुढा थोकीको स्वगत मन्तव्य बाट सुरु भएको कार्यक्रममा पत्रकार महासघ दाङका अध्यक्ष दुर्गा लाल केसि माओवादी जिल्ला इन्चार्ज जीवन गौतम, नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष लाल मणि भणडारि लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । बोल्ने बक्ताहरुले दाङमा क्रीकेटको संभावना राम्रो हुँदैगएको र राज्यले अब अपनत्व लिदै सहयोग गर्नुपर्ने धारण राखेका थिए। अक्सन कार्यक्रमको सन्चालन अक्सन बिज्ञ कृष्ण भणडारिले सन्चालन गर्नु भएको संघका सचिब सन्जु केसीले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।