दाङ, २७ फागुन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन भएकोे दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को दोस्रो नागरिकको आकर्षण वढदै गएको देखिएको छ । प्रदर्शनीमा रहेका पसलहरुमा नागरिकहरुको भिड रहेको थियो । प्रर्दनीमा आएका राष्ट्रिय कलाकारहरु तथा स्थानिय कलाकारहरु हरु संगै रमाएका थिए । चर्को घामको प्रवाह नगरी नागरिकहरु कलाकारहरु संगै संगै नाचेका थिए । शुक्रवार कलाकारहरु कृष्ण रेउले, हेमन्त शर्मा, पिताम्वर रिजाल, पुर्णकला वि सी, टिका जैसी, मिरा गिरी लगाएका कलाकारहरुले आ आफनो प्रस्तुती राखेका थिए । शनिवार कलाकारहरु खुमन अधिकारी, टिका पुन , भागिरथ चलाउने, दिपाशा वि सी, अभिषेक खडका, विष्णुमाया पौडेल, सापटी काका र घिरौले मेरी बासैका हास्य कलाकारको सहभागिता रहने भएको मुख्य आयोजक समितीले जनाएको छ । प्रदर्शनीमा शनिवार वार वाट लोकदोहोरी प्रतियोगीता हुने भएको छ । शनिवार दाङ र प्युठान, नवलपरासी र पुर्व रुकुमको विच प्रतियोगीता हुने भएको छ । प्रदर्शनीमा हेलीकप्टर बाट स्वर्गद्धारी जाने तथा जिल्लाको अवलोकन गर्नेहरुको सङख्या उल्लेखीए देखिएको छ । भने वालवालिकाहरु वल उद्यान्नमा रमाएका थिए ।
संघको आयोजनामा ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भर मुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही फागुन २६ गते देखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।