• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुने




हिमाल महरा

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघले फागुन २६ गतेदेखि चैत ८ गतेसम्म  दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी गर्न लागको आज  बिहीबार पत्रकार सम्मलेन गरि जानकारी दिएको छ ।

कोरोना महामारीका कारण धरायसी बनेको अर्थतन्त्र उत्थान र यस क्षेत्रको कृषि, पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउनने लक्ष्यकासाथ प्रदर्शनी आयोजना गर्न लागिएको संघका अध्यक्ष एवं मूल आयोजक समिति संयोजक टंकसिंह बुढाथोकीले जानकारी दिनुभयो । प्रदर्शनीबाट प्राप्त हुने आम्दानीलाई संघको संस्थागत विकास एवं उद्यमी विकासमा उपयोग गरिने, स्वदेशी उत्पादनमा बृद्धिगरी परनिर्भरमुखी अर्थतन्त्रलाई कम गर्न सहयोग पु¥याउने मुल उद्धेश्य राखिएको छ ।

प्रदर्शनीका आकर्षणका लागि विभिन्न मनोरन्जन कार्यक्रम, वाल उद्यान, साँस्कृतिक, कला साहित्य झल्कने कार्यक्रम रहने छ ।

प्रदर्शनीमा लुम्विनी प्रदेशका जिल्लाहरुबाट उत्पादित बस्तुहरुका स्टल रहुनका साथै करिब ५ लाख दर्शकले प्रदर्शनी अवलोकन गर्ने र करिब २५ करोड रुपैयाको आर्थिक कारोवार हुने विश्वास आयोजकले लिएको छ ।
प्रदर्शनीलाइ सफल बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको संघका महासचिव महेन्द्र बुढाथोकली जानकारी दिनुभएको छ । साथै उहाले दाङ औधोगिक, पर्यटन तथा कृषि प्रदर्शनीलाई सफल बनाउ सम्पूर्णमा अपिल समेत गर्नुभएको छ ।

Facebook Comments