शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले शिक्षक महासंघका ५१ बुँदे मागलाई कार्यान्वयन गर्ने भएको छ । सोमबार शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेल र शिक्षक महासंघका प्रतिनिधिबीच माग कार्यान्वयन गर्ने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्रीपौडेलले लामो समयदेखि आन्दोलनरत शिक्षकहरुको मागहरु कार्यान्वयन गर्ने सहमतिभएको बताउनुभयो ।
“शिक्षकहरु पहिल्यैदेखि आन्दोलनरत हुनुहुन्थ्यो,” मन्त्रीपौडेलले भन्नुभयो, “मपदमाबहाली भएपछि पनिउहाँकामागकाविषयमागम्भीर छलफल गरी कार्यान्वयनगर्ने विषयमा सहमतिभयो ।”
सार्वजनिकशिक्षा सुधार्न मन्त्रालय र महासंघले संकल्पगर्नुपर्ने बताउँदै उहाँले आफ्नो अधिकारसँगै दायित्वपनिभुल्ननहुनेमाजोड दिनुुभयो ।
“आज ऐतिहासिकदिनहो, मन्त्रीपौडेलले भन्नुभयो, “ महासंघले उठाएका धेरै विषय सम्बोधनभइसकेका छन् ५१ बुँदे प्रतिवेदनबाटबाँकी रहेकाकामहरुकानुन सम्मत ढंगले लागू गर्ने प्रतिबद्धता व्यक्तगर्दछु ।”
कात्तिक २८ गते शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेल र नेपाल शिक्षक महासंघका सहअध्यक्ष पूर्णप्रसाद ढवाडीसहितको गठीत कार्यदलले अध्ययन गरी कार्यान्वयन योग्य सुझाव पेश फागुन १ गते पेश गरेको थियो । सोहीअनुसार आज मन्त्रालय र महासंघबीच ५१ बुँदे माग कार्यान्वयन गर्ने विषयमा सहमति भएको हो ।
महासंघले कुल बजेटको २० प्रतिशत शिक्षाका लागि छुट्याउनुपर्ने, शिक्षण काउन्सिलको व्यवस्था गर्नुपर्र्नेे, शिक्षा विकास तथा समन्वय इकाईको नाम परिर्वतन गरी जिल्ला शिक्षाकार्यालय राख्नुपर्ने, संवैधानिक राष्ट्रिय शिक्षा आयोगको व्यवस्थागर्ने, एक पटक आन्तिरिक परीक्षामा सामेल हुन नपाएका अस्थायी र करार शिक्षकलाई नियमनुसार शिक्षक सेवाआयोगको मार्फत उमेरको हदन लाग्ने गरी आन्तिरिक प्रतिस्पर्धामा सामेल हुने मौकादिनेलगायतकामाग राखेको छ ।
यस्तै, द्धन्द्ध पीडित, पेशागत आन्दोलनमा नेतृत्व गरेका शिक्षक तथा कर्मचारी व्यवस्थापनका सम्बन्धमा छानबिन समति वा आयोगले दिएका सुझाव कार्यान्वयन गर्ने, महिला शिक्षकको प्रसुतीविदा ६ महिनाकायम गरी उक्तअवधिमा सट्टा शिक्षकको व्यवस्थागर्ने लगायत विषय कार्यान्वयन गर्ने प्रतिवेदनमा समेटिएको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमलादेवि तुलाधरले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।