घोराही । दाङमा एमसीसीबिरुद्ध जनसागर उर्लिएको छ ।
नेपाल कम्युनिस्ट पार्टीसहित पाँच कम्युनिस्ट पार्टी र दुई मोर्चाको संयुक्त आयोजनामा आज शुक्रबार घोराहीमा सो जनसागर उर्लिएको हो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सबिन पोख्रेलले अमेरिकी साम्राज्यवादको नाङ्गो हस्तक्षेपको प्रतिवाद गरिएको बताए । उनले साम्राज्यवादका दलालहरुले अमेरिकाको डलर खाएर तथा दास बनेर राष्ट्रघाती एमसीसी पास गर्ने अन्तिम छपटपमा रहेको समेत प्रष्ट पारे ।
कोणसभाका प्रमुख बक्ता समेत रहेका नेता सबिनले अमेरिका डलर मार्फत नेपाल आउन खोज्छ भने हामी २१ औ शताब्दीका नयाँ भियतनामी बन्न तयार रहेको उद्घोष गरे ।
त्यस्तै नेकपा (क्रान्तिकारी माओवादी )का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज समीर केसीले वर्तमान सरकारले गर्ने लागेको राष्ट्रघातको प्रतिरोधमा सडक उभिएको बताए । उनले एमसीसी परियोजना राष्ट्रिय स्वाधीनतालाई खलल पुर्याउने अमेरिकी हिन्द प्रशान्त रणनीति भएको उल्लेख गरे ।
चाइना अहिले विश्वशक्ति राष्ट्रको रुपामा उदाइरहेको हुँदा त्यसको बिरोधमा एमसीसी नेपाल भित्रन लागेको र नेपालका शासकहरुले अमेरिकी साम्राज्यवादको कलो खाएर राष्ट्रघाती एमसीसी सम्झौता पास गर्न खाजिरहेको उनको भनाइ छ ।
हामी खरानी हुन तयार छौ तर एमसीसी पास हुन दिन्नौ नेता समिरले भने ।
राष्ट्रिय जनमोर्चा दाङ जिल्ला सदस्य सुशील पोख्रेलले एमसीसीका बारेमा बिगत ७ वषदेखि बहस चलिरहेको बताए । उनले देशको सिगो टिम एमसीसीको विरुद्धमा भएको र नेपाली कांग्रेसले पटकपटक राष्ट्रघात गरेको जिकिर गर्दै एमसीसी पास गर्न खोज्ने नेकपा एमाले बामपंथी हुन नसक्ने प्रष्ट पारे ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समन्वय समितिका केन्द्रीय सदस्य शशिधर भण्डारीले अमेरिकी साम्राज्यवाद जुन देश गयो त्यहा सर्बनास बनाएको बताए । उनले अमेरिकाको कारणले अफ्रिकाको जनता कुपोषण सिकार बनिरहेको पनि प्रष्ट पारे ।
अमेरिकी नव उपनिवेस लिएर नेपालमा आउन खोजिरहेको हुँदा एमसीसी पास गर्ने साम्राज्यावादका दलालहरुलाई देश निकाला गर्नुपर्ने उनले उद्घोष गरे ।
नेकपा मालेका पोलिटब्यूरो सदस्य माधव केसीले नेपालको राष्ट्रिय स्वाधीनता खतरामा रहेका हुँदा वामपन्थीहरु एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।
उनले विदेशी साम्राज्यवाद नेपाल आइसकेको र एमसीसी परियोजना नेपालको हितमा नभएकोहुँदा राष्ट्रियताको लागि बलिदान दिन पनि तयार रहेको प्रष्ट पारे ।
बिरोध प्रदर्शन घोराहीको ट्रफिक चोकबाट सुरु भएर बजार विभिन्न ठाउँहरुमा परिक्रमा गर्दै तुलसीपुर चोकमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभाको सहजीकरण नेपका (क्रान्तिकारी माओवादी) निकट क्रान्तिकारी युवा लिग नेपालका केन्द्रीय महासचिव दिलबहादुर कठायत गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।