• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्थमन्त्री शर्माद्वारा एमसीसी पेश गर्न अस्वीकार, सञ्चारमन्त्रीले पेश गर्ने




अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले संसदमा एमसीसी पेश गर्न अस्वीकार गर्नुभएको छ ।

झण्डै चार बर्षदेखि संसदमा पेश हुन नसकेको एमसीसी आज पेश हुँदैछ । शुरुमा अर्थमन्त्रीले नै हस्ताक्षर गरेको सम्झौता भएकाले संसदमा अर्थमन्त्रीले पेश गर्ने कार्यक्रम भए पनि अर्थमन्त्री शर्माले पार्टीको नीतिविपरीत संसद पेश नगर्ने हुनुभएको छ ।

प्रधानमन्त्रीले अर्थमन्त्रीलाई नै सम्झौता पेश गर्न भने पनि उाहँले नमानेपछि अब सञ्चारमन्त्रीले पेश गर्ने कार्यक्रम बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मालाई फोन गरेर एमसीसी पेश गर्न आग्रह गर्नुभएको थियो । ‘तत्कालीन अर्थमन्त्रीले गरेको सम्झौता हो, त्यसैको निरन्तरताका लागि वर्तमान अर्थमन्त्रीका रूपमा तपाईंले टेबल गर्नुस्’ बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भनाइ थियो ।

तर शर्माले भने पार्टीले फरक मत राखेकाले पेश गर्न नसक्ने बताउनुभएको थियो । शर्माले अस्वीकार गरेपछि प्रधानमन्त्रीले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई टेबल गर्ने जिम्मेवारी दिनुभएको छ । अर्थमन्त्री रहेकै बेला २०७४ मा कार्कीले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

Facebook Comments