दाङ । दाङमा नेपाल बन्दको पूर्ण रुपमा प्रभाव परेको छ ।
एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो ।
बन्दका कारण दाङका बजारहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।
बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ ।
बन्द साझ ५ बजे खुल्ने भएको छ ।
नेपाल वन्द गर्ने राजनैतिक पार्टीहरुमा विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा , आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल रहेका छन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।