दाङ । लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिएको छ । सरकारले आफ्नो प्रदेश स्थापना दिवसको अवसरमा मन्त्रीपरिषद्को निर्णयानुसार सो विदा दिने दिएको हो ।
लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत देविराज पाठकले आज आइतबार एक सूचना जारी गर्दै प्रदेश सरकारले फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा दिइएको जानकारी दिएका छन् ।
सरकारको (मन्त्रीपरिषद्) मिति २०७७ साल चैत्र १३ को निर्णयानुसार फागुन ३ गते मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेको सूचनामा उल्लेख छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।