• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पामा ६ वटा नयाँ सिँचाई आयोजनाको काम गरिदै




रोल्पाको सिँचाई विकासका लागि चालु आर्थिक वर्षमा १६ करोड बजेट परिचालन गरिने भएको छ । संघीय र प्रदेश सरकारको उक्त बजेट जिल्लाको साना तथा मझौला सिँचाई आयोजनामा खर्च गरिने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय रोल्पाले जनाएको छ ।

यस वर्ष ६ नयाँ र ५ वटा पूराना सिँचाई आयोजनाको काम गरिने सिँचाई डिभिजन कार्यालय रोल्पाका प्रमुख भेषराज भुसालले जानकारी दिनुभएको छ । यस्तै सोही बजेटबाट २ वटा जल उत्पन्न प्रकोप न्यूनिकरणको काम पनि गरिने भएको छ ।

कार्यालयमा धेरै जसो सडक निर्माणका क्रममा सिँचाई योजनामा क्षति पुगेको भन्दै मर्मतका लागि माग आउने गरेको भुसालले जानकारी दिनुभयो ।

हाल ७ हजार हेक्टर क्षेत्रफलमा सँचाई सुविधा पुगेको रोल्पामा चालु आर्थिक वर्षको अन्त्यसम्ममा थप १ सय ५० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा पुग्ने लक्ष्य कार्यालयले लिएको छ ।

Facebook Comments