दाङको तुलसीपुरस्थित एक पसलमा भएको आगलागीमा ज्यान गुमाउनेहरुको पहिचान भएको छ ।
मृत्यु हुनेहमरुमा १३ बर्षिया साजिता खातुन, १५ बर्षिय हसन बकस, १३ बर्षिय मनिस बकस, ४० बर्षिय नजर दिव अली र ५ बर्षीया अवीददिन अलीको मृत्यु भएको छ ।
पाँच जनाको शव राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । उद्धारमा खटिएका एक जना घाईते भएका छन् ।
तुलसीपुर निवासी ३८ बर्षिय अमर डाँगी बहोस भएको र उहाँको उपचार भैरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुर जनाएको छ ।
इरम फुटवेयर जुत्ता चप्पल पसलमा आगलागी हुदा कोठा भाडामा लिएर बसेका पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु आर्यालले जानकारी दिनुभयो ।
यो पनि पढ्नुहोस्…
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।