• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली क्रिकेट टोलीलाई भर्चुअल माध्यमद्धारा बिदाई




ओमानजानलागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरीएको छ । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमानजान लागेको नेपाली टोलीलाई बिदाई गरीएको हो ।


मंगलबार भर्चुअल माध्यमद्धारा आयोजित बिदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले खेलाडीहरुलाई बिदाई गर्नुभएको हो । कोरोना संक्रमण जोखिमकाकारण नेपालक्रिकेट संघ (क्यान) ले भर्चुअल माधयमद्धारा मंगलबार बिहान बिदाई कार्यक्रम आयोजना गरेको हो । विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली मंगलबार राति ८ः३० बजे ओमान प्रस्थानगर्ने तालिका रहेको छ ।
ग्लोबल छनोटकालागि नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनीबिच खेल हुने भएको छ । फेब्रुअरी १८ देखि २४ तारिखसम्महुने छनौट खेल अन्तर्गत समूह ‘ए’ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन् भने समूह ‘बी’मायुएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन् ।

छनोट अघि नेपालले ओमानमा चार देशीय टी–२०सिरिज खेल्ने तालिका समेत रहेको नेपालक्रिकेट संघ (क्यान)का अध्यक्ष चतुर बहादुर चन्दले जनकारी दिनुभयो । सिरिजमा नेपालसहित आयरल्यान्ड, युएई र ओमान रहेका छन् ।

खेलाडीहरुलाई बिदाई गर्दै मन्त्रीअथकले विश्वकपका लागि ग्लोबल छनोटभएर आउन शुभकामना दिनुभयो । नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्रीअथकले यस पटक विश्वकप कालागि नेपाली टोली छनौट हुनेमाआफु विश्वस्त रहेको बताउनुभयो । नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्रीअथकले खेलाडीहरुलाई आग्रहगर्नुभएको छ ।

राज्यले खेल पुर्वाधार निर्माणका लागि उल्लेख्य प्रयास गर्दै आएको तर्फ ईगितगर्दै मन्त्रीअथकले केही ठुला पुर्वाधारहरु निर्माणधिन अवस्थामा रहेकाले आफ्नै कार्यकालमा त्यसलाई पुर्णता दिनेगरी निर्माण प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।

क्यानका अध्यक्ष् ाचतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । साथै खेलाडीहरुलाई उच्चम नोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनका लागि समेत शुभकामना दिनुभयो ।

बिदाई कार्यक्रममायुवातथा खेलकुदमन्त्रालयका सचिव डा. दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीकाप्रशिक्षकपुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदकाउपाध्यक्षशिवकोईरालालगाएतको उपस्थिती रहेको थियो ।

Facebook Comments