पेट्रोलियम पदार्थको मूल्यवृद्धि, एमसीसी समस्या र निकास `विषयक´ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जबसको आयोजनामा मंगलबार घोराहीमा एक कार्यक्रम बीच सो अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्लाका इन्चार्ज शीतलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र महंगीले जनताको ढाड सेकिरहेको बताए । अहिले जनलाई शोषित गर्दै नाङ्गेझार पार्नका लागि गरिएको मूल्यवृद्धि राज्यको नीति भित्र रहेको समेत उनले प्रष्ट पारे ।
एमसीसी हिन्द प्रशान्त रणनीतिको एउटा अंग हो उनले भने यसले विश्वलाई आफ्नो कन्ट्रोलमा राख्न चाहन्छ । अमेरिकाले एमसीसीलाई मुख्य विषय बनाएर विश्वका कुनै कुनामा रहेका कम्युनिस्टको बिचारालाई निस्तेज पार्ने योजनामा अगाडि बढेको छ ।´
एमसीसीलाई संसदबाट पास गराउने र नेपालमा रहेका लिपुलेक,लिम्पियाधुरा र कालापानी भूभाग बिस्तारै भारत मार्फ कब्जा गरि त्यो भूभागमा अमेरिका सेना बसाल्ने र त्यसका लागि भारतको सहयोगमा अमेरिकाले यो परियोजना ल्याउन लागेको समेत उनको भनाई थियो ।
नेता शीतलले संसदीय ब्यबस्था भनेको खशीको टाउका झुण्डयाए कुकुरको मासु बेच्ने थलो भएको बताउँदै उनले यो संसदीय ब्यबस्था असफल भइसकेको हुँदा अब यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था लागु गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगरपालिकाका इन्चार्ज निर्मल, राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय सदस्य नरबहादुर रोका, अखिल नेपाल शिक्षक घोराहीका अध्यक्ष डिल्ली लगाएको कार्यक्रममा उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण अखिल(क्रान्तिकारी) केन्द्रीय केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक विष्टले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।