• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पुथा उत्तरगंगा गाउँपालिकाकाे १२ औं गाउँसभा उद्घाटन




हिक्मत पाेर्तेल/पुथा उत्तरगंगा गाउँपालिकाकाे १२ औं  गाउँसभा उद्घाटन भएकाे छ । सोमबार  माघ २४ गते सभाकाे उद्घाटन भएकाे हाे ।

गाउँ सभाकाे उद्घाटन गाउँ सभाका सभा अध्यक्ष गाउँपालिका अध्यक्ष ओम प्रकाश घर्तिले ब्यानर खाेलेर उद्घाटन गर्नुभएकाे थियाे । २४ गते उद्घाटन सत्र चलेकाे गाउँ सभाकाे बन्द सत्र २५ गते हुनेछ ।

गाउँ सभाकाे उदघाटन सत्रमा ने क पा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य पुनिराज घर्ती र सङ्गम राेका, नेकपा माओवादी केन्द्रका पुथा उत्तरगंगा कमिटी अध्यक्ष हर्क ब कामी, ने क पा एमालेका प्रदेश कमिटी सदस्य निर्माण बुढा, ने क पा एकीकृत सङ्घिय समाजबाढी पार्टीका प्रतिनिधि शान्ट ब बुढा , इ प्र का टकसेराका इन्चार्ज लगाए विभिन्न संघ सँस्थाका प्रतिनिधि काे अतिथ्यता रहेकाे थियाे ।

गाउँ सभाकाे उद्घाटन सत्रमा सबै अतिथिले १२ अौ गाउँ सभाकाे शुभकामना मन्तव्य दिदै गाउँपालिका भित्र रहेका कमि कम्जाेरी सुधार गर्न अपिल गर्नु भएकाे थियाे ।

नि. प्रमुख प्रशासकीय अधिकृत वसिष्ट नारायण यादवले स्वागमव्य दिनु भएकाे गाउँ सभा काे सञ्चालन गाउँ पालिकाका लेखापाल नबराज खद्काले गर्नु भएकाे थियाे ।

Facebook Comments