• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि श्रममन्त्री श्रेष्ठ युएई जाँदै




श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ ।

वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा युएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ युएई जान लाग्नुभएको हो ।

नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउन सकिन्छ भन्नेबारे मन्त्री श्रेष्ठले नेपालका लागि युनाइटेड अरब इमिरेट्स युएईका राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गर्नुभयो ।

मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका
नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह
गर्नुभयो । मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुलाई युएईमै रोजगारीको
अवसर प्रदान गर्ने, भीसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा
गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिनुपर्ने तथा
उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा युएई सरकारबाट
सहयोगको अपेक्षा गरिएको बताउनुभयो ।

नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर
प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई युएई
पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन पनि

युएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई युएईमा नै रोजगारी दिलाउन
तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।
मन्त्री श्रेष्ठको युएई भ्रमणको क्रममा नेपाल(युएई संयुक्त समितिको वैठक
पनि आयोजना हुनेछ ।

Facebook Comments