• २ कार्तिक २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मूल्यबृद्धिको विरुद्ध घोराहीमा  एक घण्टा चक्काजाम




घोराही,२३ माघ । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरुद्ध एक घण्टा चक्काजाम गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जनबर्गीय संगठनको पूर्वनिर्धारित कार्यक्रम अनुसार संगठनले आज (आइतबार) घोराहीमा सो चक्काजाम कार्यक्रम सम्पन्न गरेको हो ।

कोणसभामालाई सम्बोधन गर्दै अखिल(क्रान्तिकारी) केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज दिपक विष्टले भ्रष्ट आयल निगमका कर्मचारीहरुले कुर्सी छोडेर भाग्नुपर्ने चेतावनी दिएका छन् । उनले ८४ रुपैयाँमा किनेको पेट्रोलियम पदार्थ १४२ रुपैयाँमा बेच्दा पनि घाटा हुने संस्थामा कर्मचारीहरुलाई बस्ने कुनै अधिकार नभएको प्रष्ट पारे ।

पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धिले गर्दा दैनिक उपभोग्य बस्तुमा पनि अप्रत्यक्ष रुपले मूल्यवृद्दी हुने भएकाले यसको विरुद्धमा सबै सचेत नागरिकहरु एकजुट हुनुपर्ने र आफ्नो ज्यान भन्दा राष्ट्रियता ठूलो कुरा भएको समेत उनको भनाइ थियो ।
कोणसभाको सहजीकरण युवा संगठन नेपाल दाङ जिल्ला सचिवालय सदस्य पदम चन्दले गरेका थिए ।

Facebook Comments