• १० जेष्ठ २०८३, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
जुम्लामा हिउँले कठ्याङ्ग्रिएर एकको मृत्यु




जुम्लास्थित तातोपानी गाउँपालिका ८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर मृत्यु भएको छ।

हिमपातबाट ३८ वर्षीय जैकुवाँरा शाहीको मृत्यु भएको स्थानीयवासी देवीलाल शाहीले जानकारी दिए।

उनकाअनुसार गाउँकै पाटनमा सेतक चिनी (खिरौंला) कोर्न गएको बेला उनको माघ २१ गते मृत्यु भएको हो।

‘पाटनमा सेतक चिनी कोर्न गएको दिन माघ २० गते राति भारी हिमपात भएपछि २१ गते त्यही हिउँमा कठ्याङ्ग्रिएर उहाँको मृत्यु भएछ,’ उनले भने, ‘गाउँ नआएपछि खोजी गर्दा जैकुवाँरालाई पाटनको जंगलमा मृतावस्थामा भेटियो।’

सो घटनास्थल सदरमुकाम जुम्लाबाट एकदिनको बाटो भएकोले प्रहरी पुग्न नसेकेको उनले बताए।
रासस

Facebook Comments