दाङको घोराहीमा रहेको बुद्ध हस्पिटल प्रालिले अञ्चलमै पहिलो पटक क्लोनोस्कोपी सेवा आरम्भ गरेको छ । सेवा आरम्भ भएसँगै बिरामीहरुले अब घोराहीमै सुलभ दरमा सेवा पाउने भएका छन् ।
पेटको माथिल्लो भागका रोगहरु इन्डोस्कोपीबाट पत्ता लगाउने गरिएको भए पनि विशेष गरेर ठुलो आन्द्रामा भएको समस्या यसबाट पत्ता लाग्ने डा. रमेश बस्नेतले जानकारी दिनुभयो ।
क्लोनोस्कोपीको सहायताले लामो समयसम्म पेट दुख्ने, दिसामा रगत देखिने, कालो दिसा आउने, पेट निमुठ्ने, दिसामा मासी जाने जस्ता समस्याको कारण पत्ता लगाई उपचार गर्न सकिने डाक्टर बस्नेतले बताउनुभयो । “क्लोनोस्कोपीको माध्यमबाट रोग पत्ता लगाउनुका साथै स¬–साना रोगको उपचार समेत गर्न सकिन्छ” उहाँले भन्नुभयो, “आन्द्रामा पलाएको मासु यसकै सहायताले निकाल्न समेत सकिन्छ ।” क्लोनोस्कोपी गरिसकेपछि क्यान्सर भए नभएको समेत एकिन गर्न सकिने यो आधुनिक प्रविधि भएको उहाँले बताउनुभयो ।
Ulcerative colitis, Chrons disease, Irritablebowel disease, Colonic Carcinoma, Colonic Polyp, Rectal ulcer ra rectal carcinomaबजस्ता रोगहरु पत्ता लगाई उपचार गर्नक्लोनोस्कोपी गरिने डा. बस्नेतले बताउनुभयो ।
के हो त क्लोनोस्कोपी ?
क्लोनोस्कोपी पेटको तल्लो भागमा भएका रोगहरु दुरविनको सहायताले पत्ता लगाउन प्रयोग गरिने एउटा उपचार पद्धति हो । क्लोनोस्कोपी गर्दा झण्डै १६० सेमिको पाइप दिसा गर्ने प्वालबाट छिराइन्छ । पाइको टुप्पोमा भएको दुरविनको सहायताले ठुलो आन्द्राको सबै भागहरु हेरी समस्या पत्ता लगाइन्छ ।
आन्द्रामा मासु पलाएको वा घाउहरु भएको भए सजिलै पत्ता लगाई उपचार गर्न सकिन्छ । क्लोनोस्कोपी गरेर आन्द्रामा पलाएको मासु निकाली क्यान्सर भए नभएको समेत एकिन गर्न सकिन्छ ।
बिरामीको क्लोनोस्कोपी गर्नुभन्दा एकदिन पहिले औषधि खानुपर्ने हुन्छ । एकदिन अगाडि के के खाने के नखाने भन्ने बारेमा बिरामीहरुलाई सबै कुराहरु सिकाइन्छ । दुई लिटर पानीमा औषधि राखेर ६÷७ घण्टाको अन्तरालमा औषधि खाइसकेपछि त्यसले पखाला लगाई आन्द्रालाई पूरै सफा गर्छ । त्यसपछि मलद्वारबाट पाइप छिराई दुरविनको सहायताले आन्द्राको अवस्था हेरिन्छ । आन्द्रामा घाउ भएको, मासु पलाएको वा अन्य कुनै समस्या भए सोही अनुसार उपचार गरिन्छ ।
यो विधि पेटको समस्या पत्ता लगाउने आधुनिक विधि भएको हस्पिटलले जनाएको छ । सेवा आरम्भ भएसँगै क्लोनोस्कोपी गर्न नेपालगञ्ज तथा बुटवल जानुपर्ने समस्या समाधान भएको हस्पिटलका सञ्चालक बालाराम शर्माले जानकारी दिनुभयो । बुटवल, नेपालगञ्जकै दरमा बिरामीहरुलाई सेवा दिइने उहाँले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।