पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा आज देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । सो प्रणालीकाे कारण मौसम बद्ली भइ वर्षा र हिमपात हुन लागेको हो ।
केहीबेर पछि यी प्रदेशका केही ठाउँमा पानी पर्न थाल्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो । उहाँकाअनुसार आज अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । काठमाण्डौमा बेलुका पानी पर्ने अनुमान गरिएको छ ।
यस्तै, आज सुदूरपश्चिम, लुम्बिनी, कर्णाली, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने मौसमविद् सजिना शाक्यले बताउनुभयो ।
आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।
भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्काअनुसार पर्सि शनिवार पनि केही ठाउँमा वर्षा हुनेछ । आइतवारदेखि भने मौसम खुल्दै जाने मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।