सरकारले पेट्रोलियम पदार्थमा बढाएको मूल्यबृद्धिका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी निकट संयुक्त जवस/मोर्चाहरुले संघर्षका कार्यक्रम घोषणा गरेको छन् ।
सरकारले जनताको ढाड सेक्ने गरी मंगलबार राती १२ बजेदेखि लागु हुने गरी साविकको विक्री मुल्यमा पेट्रोल र डिजल प्रतिलिटर रु. ३ बढाएर अब पेट्रोलको प्रतिलिटर रु. १४२ र मट्टीतेलको प्रतिलिटर रु. १२५ कायम गरेको छ भने आन्तरिक हवाई इन्धनमा प्रतिलिटर रु. १० बढाएको छ ।
सो पदार्थमा गरिएको मूल्यबृद्धि विरुद्ध नेकपा निकट जनवर्गीय संगठनहरुले संयुक्त रुपमा संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।
संघर्षको कार्यक्रम अन्तरगत माघ २० गते दिनको ३ बजे देशब्यापी कोणसभा गर्ने, माघ २१ गते बिहान १० देखि ११ बजेसम्म देशव्यापी आयल , कार्यालय र डिपोहरु घेराउ गर्ने, माघ २२ गते देशब्यापी प्रचार प्रसार गर्ने, माघ २३ गते विहान १० देखि ११ बजेसम्म १ घण्टा देशव्यापी चक्काजाम गर्ने, माघ २४ गते देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने र माघ २६ गते देशव्यापी विरोध प्रदर्शन गर्ने लगायत रहेका छन् ।
संयुक्त प्रेस बिज्ञप्तिको पुर्णपाठ:-
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।