नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
निगमले आज एक विज्ञप्ति जारी गर्दै राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजेल र मटितेल प्रतिलिटर रु ३ ले वृद्धि भएको जानकारी दिएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै अब पेट्रोल १४२ र मटितेल १२५ रुपैयाँ कायम भएको छ ।
खाना पकाउँने एलपी ग्यासको मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको भएतापनि निगमलाई १५ दिनमा करीब रू २ अर्ब २३ करोड घाटा कायम रहने विज्ञप्तिमा उल्लेख छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।