लुम्बिनी प्रदेशमा बुधबार भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
गठबन्धनमा नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्माले ४ हजार ३ सय ७४, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरेले ४ हजार ३ सय ६५ र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्माले ४ हजार ३ सय ४४ मत ल्याएर विजयी हुुनुुभएको हो ।
प्रतिद्वन्द्वी एमालेबाट दाङका रामदयाल गुप्ताले ३ हजार ३ सय १२, बाँकेका भारती खनाल उपाध्यायले ३ हजार ३ सय ४८ र गुुल्मीका कृष्ण सुनारले ३ हजार ३ सय ७८ मत ल्याउनुुभएको छ ।
कर्मचारी मिलन केन्द्रमा भएको मतदानमा कुल २ सय ९६ मतदाता मध्य २ सय ९४ जनाले मतदान गरेका थिए ।
लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ जना र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २ सय ९६ मतदाता थिए ।
प्रदेशसभा सदस्य सबै ८१ जनाले मतदान गरे भने स्थानिय तहका दुुई जना अनुुस्थित भएपछि २ सय १३ जना प्रमुख उपप्रमुखले मतदान गरेका थिए ।
लुुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य बनेका कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन भएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।