• ७ माघ २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती आँखा अस्पतालमा पहिलोपटक नानी प्रत्यारोपण




राप्ती आँखा अस्पताल तुलसीपुर ४ रक्षाचौरमा आँखाको नानी प्रत्यारोपण सेवा सुरु भएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालमा पहिलोपटक आँखाको नानी प्रत्यारोपण सेवा सुरू गरिएको हो ।

अस्पतालले पहिलोपटक बाँकेको राप्तीसोनारी १ की कल्पना कुमालको आँखाको नानी प्रत्यारोपण गरेको छ ।

आँखाको नानीमा फुलो परेको र औषधि हाल्दा पनि ठीक नभएर फूट्न लागेको अवस्था भएपछि आँखाको डल्लो बचाउन नानी प्रत्यारोपण गरिएको हो ।

नेपाल आँखा बैंकले उपलव्ध गराएको उक्त नानी कुमालको आँखामा प्रत्यारोपण गरिएको थियो । राप्ती आँखा अस्पतालमा आँखाको नानीमा घाउ भएर फुट्नै लागेको अवस्थामा पुगेकी कुमालको आँखाको फुट्ने र आँखाको पूरै भाग नै सुक्नबाट बचाउनका लागि राप्ती आँखा अस्पतालकी कर्निया बिशेषज्ञ डा. ज्योति सापकोटाले नानीको सफल प्रत्यारोपण गर्नुभएको हो ।

एक महिना पहिले कुमालको आँखामा मकैको गेडाले नानीमा चोट लागेर विरामी हुनुभएको थियो । पहिले स्थानीय मेडिकलबाट औषषि लिएको र पछि विस्तारै आँखा देख्न छोडेपछि आँखा अस्पतालमा आफु उपचारक लागि आएको उहाँले बताउनुभयो ।

डाक्टर सापकोटाले आँखाको नानीमा हुने इनफेक्सन (पूmलो पर्ने) को औषधि तथा शल्यक्रियामार्फत उपचार, आँखाको नानीको प्रत्यारोपण, दृष्टि बढाउनको लागि गरिने नानीको प्रत्यारोपण, नानी ठीक नभएको घाउ÷फुलो हटाउने अप्रेशन, आँखाको नानीको आकार र बनावट जोगाउनको लागि गरिने शल्यक्रिया, आँखाको नानीको सेतो दाग हटाउने शल्यक्रिया र आँखाको नानीमा फरक आकारका चोट, घाउ या ट्युमर हटाउने शल्यक्रिया हुने भन्दै यो शल्यक्रिया नानीमा चोटपटक लागेर औषधीले सञ्चो नभएपछि आँखाको नानी फेर्ने शल्यक्रिया भएको बताउनुभयो ।
‘यो शल्यक्रिया राप्तीमा पहिलोपटक हो, यो सफल पनि भएको छ’– उहाँले भन्नुभयो– ‘आँखा दान महादान भने जस्तै नानी पनि सवैले दान गर्नु सक्नु हुन्छ, यो महत्वपूर्ण हो ।’

उहाँले अब नानी फेर्नका लागि काठमाण्डौमै जानुपर्ने वाध्यता नहुने बताउनुभयो । ‘हामीले दिन सक्ने आँखाको नानी सम्वन्धी सेवाहरु यहिबाट दिने छौं’– उहाँले भन्नुभयो ।

अस्पताललाई विशिष्टकृत अस्पतालको रुपमा विकास गरी अस्पतालमा विशिष्टकृत सेवा अन्तर्गत विशिष्टकृत डाक्टरहरुद्धारा विशेषज्ञ सेवा रेटिना (आँखाको पर्दा), कोर्निया (आँखाको नानी), र (अकुलोप्लाष्टिक) आँखाको क्यान्सरसम्बन्धी उपचार तथा शल्यक्रिया सेवाहरु सञ्चालन समेत भएको छ ।
त्यस्तै अस्पतालले विशिष्टकृत डाक्टरद्धारा आँखाको पर्दासम्वन्धी सेवाहरु आँखाको पर्दाको अत्याधुनिक मेसिन तथा दूरबीनद्धारा चेक जाँच, आँखाको पर्दाको (मधुमेह) र शरीरका कुनै पनि रोगहरुले गर्दा आँखाको पर्दामा गरेका असरहरुको पूरा जाँच र आधुनिकस्तरको शल्यक्रिया सहितका उपचारहरु गर्ने जनाएको छ ।

आँखाको पर्दाको विभिन्न प्रकारका लेजर प्रविधिद्धारा उपचारहरु, विभिन्न रोगहरुबाट आँखाको पर्दामा भएका आँखाका समस्याहरुमा सुईमार्फत आँखा भित्रै औषधि दिने सेवा सुरू गरेको आँखाको पर्दा सम्वन्धि विशेषज्ञ डा. सन्तोष सुवेदीले जानकारी दिनुभयो । त्यस्तै हस्पतालमा अकुलोप्लाष्टिक तथा आँखाको क्यान्सरसम्बन्धीसेवाहरु आँसु नली सम्बन्धित समस्याको उपचार तथा शल्यक्रिया आसुको नली समम्वन्धी उपचार तथा शल्यक्रिया आसुको थैली निकाल्ने शल्यक्रिया, काटीएको आसु नलीको शल्यक्रिया, आसु थैलीमा देखिएको डल्लोको शल्यक्रिया बन्द आसु नलीको प्याल खुला गर्ने शल्यक्रिया, आँखाको ढकनीमा देखिने समस्याको उपचार तथा शल्यक्रियाहरु, आँखाको शौर्दताको लागि गरिने उपचार तथा शल्यक्रिया, बुढेस कालमा देखिने अनुहारको चौरीपनाको उपचार, आँखाको ढकनीको सौन्दर्यताका लागि गरिने शल्यक्रिया कृतिम आँखा राख्ने तथा आँखा वा आँखा वरपर देखिएको क्यान्सरको उपचार तथा शल्यक्रिया सेवा दिदै आएको अकुलोप्लाष्टिक विशेषज्ञ डाक्टर सुरेश रसाइलीले जानकारी दिनुभयो ।

Facebook Comments