अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ।
राजस्व अनुसन्धान विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि आज काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
विभागले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ।
कैलालीको लम्किचुहा नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौं कालो पुल बस्ने दिनेश खड्का, उनकी दिदी भगवती खड्का तथा बुवा नर बहादुर खड्का र दिनेश खड्काकी केटी साथी अनिता धितालले अवैध रुपमा अनलाइनबाट डलर कारोबार गरेको भेटिएको विभागले जनाएको छ।
दिनेश खड्का, भगवती खड्का, नर बहादुर खड्काको बयानको आधारमा उनीहरुले ई(स्क्रील र वाइनान्स नामक मोबाइल एपको प्रयोग गर्दै ठूलो रकमको डलर कारोबार गरेको विभागको अनुसन्धानले देखाएको छ।
यी एपको प्रयोग गर्दै डलर सटही कारोबार गर्ने गरेको देखिएको हो।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।