थाइल्याण्ड र चीनमा उपचार गरेर स्वास्थ्यलाभ गरी फर्केका नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुन ‘अनन्त’लाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गर्नुभएको छ । उहाँलाई आफ्नै निवास खुमलटारमा अनन्तलाई स्वागत गर्नुभएको थियो ।
नेपाल फर्कने क्रममा हिजो विमानस्थल नेता नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
सो क्रममा नेता पुनले पार्टी महासचिवमा आफ्नो दाबी स्वाभाविक रहेको बताउनुभएको थियो । पार्टी सचिव भइसकेकाले महासचिवमा दाबी स्वाभाविक हुने उहाँको भनाइ थियो ।
नेता पुन चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरेर स्वदेश फर्कनुभएको हो ।
उहाँले आफू पूर्णरुपमा स्वस्थ्य भएको बताउँदै आफ्नो स्वास्थ्यलाभको कामना गरी चासो व्यक्त गर्ने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।
वंशाणुगत जण्डिसका बिरामी पुन जावलाखेलस्थित सुमेरु अस्पतालमा उपचार सम्भव नभएपछि चिकित्सकको परामर्शमा उहाँ गत १३ असोजमा थाइल्याण्डको राजधानी बैंकक जानुभएको थियो । बैंककस्थित समितिभेज अस्पतालमा दुई महिना उपचार गराउँदासमेत स्वास्थ्यमा सन्तोषजनक सुधार नभएपछि १० मंसिरमा चीन लगिएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।