• ८ कार्तिक २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कांग्रेसले किन ग¥यो १६ जिल्लाको अधिवेशन स्थगित, यस्तो कारण (विज्ञप्तिसहित)




नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिले १६ जिल्ला अधिवेशन फेरि स्थगित गरेको छ।

यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको अधिवेशन फेरि कोरोनाका कारण स्थगित गरिएको हो ।

काँग्रेस निर्वाचन समितिका आज शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने जनाएको छ ।

 

काँग्रेसको १४ औं महाधिवेशनअघि नै गर्नुपर्ने १६ जिल्लाको अधिवेशन अझै हुन नसकेका जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्ला रहेका छन् ।

Facebook Comments