नेकपा (माओवादी केन्द्र) शान्तिनगर गाउँपालिका दाङको दोस्रो पूर्ण बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।
जनयुद्धलगायत ,देशमा भएका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्नु भएका महान सहिदप्रति एक मिनेट मौणधारण गरेर बैठकको शुभारम्भ गरिएको थियो ।
बैठकले गाउँपालिका कमिटीमालाई पूर्णता दिन छ जना मनोनीत गर्नुपर्नेमा तीन जना पछि थप गर्ने हाललाइ गुमानसिङ परियार, कृमलाल चौधरी र पतिराम चौधरीलाई मनोनीत गरेको छ ।
यसैगरी बैठकले तीन जना पछि थप गर्ने गरी १७ सदस्यीय सचिवालय गठन गरेको छ ।
बैठकले माओवादी दाङ जिल्लाका संस्थापक नेता कुवेर ओली ‘सूर्य)लाई पार्टीले पछिल्लो समय उपेक्षा गर्दै गएको र हाल आठौ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय कमिटी नराखेकोमा चिन्ता व्यक्त गर्दै उहाँलाई केन्द्रिय कमिटीमा मनोनित गर्न माग गरेको छ । त्यसका लागि माथिल्लो कमिटीलाई ध्यानाकर्षणपत्र बुझाउने निर्णय बैठकले गरेको छ ।
बैठकमा पार्टी केन्द्रीय सदस्य निर्मल आचार्य ‘विमल’ले भर्खरै सम्पन्न भएको पार्टी को आठौं राष्ट्रिय महाधिवेशनबाट पार्टीले लिएको कार्यदिशा र आगामी कार्यभारबारे जानकारी गराउनुभएको थियो । उहाँले पार्टी को नीति तथा कार्यक्रमलार्इ दृढता साथ पालन गर्न र उत्साहका साथ जनतामा लैजान बैठक निर्देशन पनि दिनुभएको थियो ।
बैठकमा पार्टी केन्द्रिय सल्लाहकार शेशुराम भण्डारी, लुम्बिनी प्रदेश कमिटी सदस्यहरु भीमबहादुर ओली ‘ड्राइभर’, खर्के सुनार ‘शिशिर’, राधिका परियार, दाङ जिल्ला सम्वनय समिति सदस्याहरु महेश ओली, भीषण चौधरी, मोहन ओली, गोपाल भण्डारी र लुम्बिनी प्रदेश ज्येष्ठ कम्युनिष्ट मन्चका सदस्य नरबहादुर ओली ‘निराजन’ले सम्बोधन गर्नुभएको थियो ।
गाउपालिका अध्यक्ष नेब बहादुर रोका ‘स्टार’को अध्यक्षतामा भएको बैठक को संचालन गाउपालिका सचिव पिमलाल ओलीले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।