• ९ माघ २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कोेरोना महामारी सामना गर्न प्रदेश सरकार लागिपरेको छ: मुख्यमन्त्री केसी




लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले ‘सोनाम’ ले प्रदेशबासीको विपतमा जनताको रक्षा र कोरना नियन्त्रणका लागि प्रदेश सरकार हरक्षण लागि रहेको बताउँदै सबै सरोकारवाला निकायको सहभागीतामा प्रदेशका जनताको जीवन रक्षा गर्न लागि रहेको प्रतिवद्धता व्यक्त गर्नुएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा लगायत संघीय सरोकारवाला निकायसँग छलफल गर्दै भर्चअल बैठकमा बताउनुभएको हो । मुख्यन्त्री केसीले लुम्बिनी प्रदेश सरकारले जनउत्तरदायित्व काम गरिरहेको बताउँदै भारतबाट आउने खाकाका हिसावले लुम्बिनी प्रदेश मिनि नेपाल भएको बताउँदै जनताको जीवन रक्षा गर्नका लागि नै लुम्बिनी प्रदेश सरकार हरवखत लागि रहेको बताउँदै प्रदेश सरकारको बजेटबाट मात्रै जनताको जीवन सुरक्षा गर्न धेरै चुनौती रहेकोले बजेट तथा सामाग्री सहयोग गर्नका लागि संघीय सरकारलाई प्रधामन्त्री मार्फत अनुरोध गर्नुभएको छ ।

लुम्बिनी प्रदेशमा हाल पनि सबै राजनीतिक दल, सरोकारवाला निकायहरुलाई कोरोना नियन्त्रणका लागि आवश्यक समन्वय गरी अगाडी बढेको बताउनु भयो । उहाँले जनताको स्वास्थ्य पहिलो प्राथमिकता रहेकोले गर्दा सबै सरोकारवालाले प्रदेशवासी जनताहरुको जीवन सुरक्षा बनाएर नै अगाडि बढाउको लागि अनुरोध गर्नुभयो । मुख्यमन्त्री केसीले दोस्रो चरण कोभिड खर्च व्यवस्थापनकालागि १० करोड संघीय सरकारले श्रोत भर्ना गरि दिनुपर्ने रहेको बताउँदै तत्कालै सो खर्च श्रोत भर्ना गरि दिनका लागि अनुरोध गर्नुभएको छ । उहाँले कोरोना नियन्त्रणका लागि भैरहवा, कृष्ण नगर र नेपालगञ्जमा होल्ड सेन्टर स्थापना गरी अगािड बढाउनको लागि प्रदेश सरकारले आवश्यक तयारी गर्न लागेको बताउनुभयो ।

कोरोनाको कारणले तराइको जिल्लाहरु बढी प्रभावित रहेको र विपतका हिसावले बुटवल, दाङ, गुल्मी, प्यूठान रोल्पा पूर्वी रुकुम लगायत पहाडी जिल्लाहरु रहेकोले कोरोनासँगै अब गर्मियाममा हुने आगलागी र वर्षा याममा हुने बाढी पहिरो नियन्त्रणका लागि पनि ध्यान दिनु पर्ने बताउनुभयो ।

उहाँले विपतका लागि प्रदेश अझ धेरै प्रभावित हुन सक्ने बताउँदै बुटवलको ज्योती नगरलाई संघीय सरकारको सहकार्यमा पीडतलाई न्याय प्रदान गर्नका लागि आवश्यक रहेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश भारतसँग खुल्ला नाका रहेकोले गर्दा भारतबाट आउने नागरिकहरुलाई परिक्षण गर्दा काभिड देखिने र ती नागरिकहरुलाई घरसम्म पठाउनको लागि यातायातका साधनहरु निकै समस्या भएको बताउनुभयो । त्यसका लागि संघीय सरकार र प्रदेश सरकारकासको सहयकार्यमा उद्धार गर्न सकिने बताउनुभयो ।

उहाँले संघीय सरकार, प्रदेश सरकार नीति निर्माण गर्ने र कार्यन्वयनका लागि स्थानीयतहलाई नै पहिलो प्राथमिकता दिनका लागि अनुरोध गर्नुभयो । भर्चुअल बैठकमा प्रधामन्त्री शेरबहादुर देउवाले हालको सरकारको पहिलो कार्यभार भनेको जनताको स्वास्थ्य बचाउने भएकोले सबै प्रदेशमा त्यसरी नै काम गर्नका लागि निर्देशन गर्नुभयो । बैठकमा प्रमुख सचिव डिल्लीराम शर्मा, स्वास्थ्य सचिव डा. विकास देवकोटा, सचिव नरेन्द्र राना, मुख्यमन्त्रीका नीजि सचिव कमानसिंह थापा लगायतको सहभागीता रहेको थियो ।

Facebook Comments