• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिआइएम क्रिकेट कपको सातौं दिन तीन खेल सम्पन्न, भोलि हुने सेमी फाइनलमा ४ टिम भिड्दै




घोराही, २६ पुस । दाङको घोराहीमा बिआइएम क्रिकेट कप शुरु भएको सातौं दिन आज अठारौं, उन्निसौं र बिसौं गरी तीन खेल सम्पन्न भएका छन् ।


अठारौं खेलमा दीपशिखा क्याम्पस र माउन्ट भ्यू स्कूल बीच भएको खेलमा दीपशिखा क्याम्पस ५४ रनले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको दीपशिखा क्याम्पसले १०३ रन बनाउँदा आफ्ना सबै १० विकेट गुमाएको थियो । १०४ रन बिजयी लक्ष्य पछ्याएको माउन्ट भ्यूले ४९ रनमा आफ्ना सबै १० विकेट गुमाउँदा दीपशिखा ५४ रनले विययी हुँदै समूह बि बाट अंक तालिकाको दोस्रो स्थानमा रहेर सेमी फाइनलमा प्रवेश गरेको छ ।
त्यस्तै उन्निसौैं खेलमा अम्बेकेश्वरी क्याम्पस र घोराही गोर्खा बीच भएको खेलमा अम्बेकेश्वरी ९३ रनले विजयी भएको हो । टस जितेर ब्याटिङ गरेको अम्बेकेश्वरी क्याम्पसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५५ रन बनाउँन सफल भएको थियो । १५५ रनको विजयी लक्ष्य पछ्याउँदै गरेको घोराही गोर्खाले ६२ रनमा आफ्ना सबै १० विकेट गुमाउँदा अम्बेकेश्वरी क्याम्पस ९३ रनले विजयी हुँदै समूह बि बाट शिर्ष स्थानमा रहेर सेमी फाइनलमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी बिसौं खेलमा ऐरावती क्याम्पस र लमही गोर्खा बीच भएको खेलमा ऐरावती १० विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको लमही गोर्खाले ६२ रनमा आफ्ना सबै १० वटै विकेट गुमाएको थियो । ६३ रनको विजयी लक्ष्यलाई पछ्याउँदै गरेको ऐरावती क्याम्पसले आफ्ना कुनै पनि विकेट नगुमाएर ८ ओभरमै उक्त लक्ष्य भेटाउँदै १० विकेटले विजयी हुँदै दुबै टिम सेमी फाइनलमा प्रवेश गरेको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले सिस्ने अनलाइनलाई जानकारी दिए ।

जिल्ला भित्र रहेका प्लटु र क्याम्पस÷कलेज बीच मैत्रीपूर्ण क्रिकेट खेलमा लिग चरणका खेल आज सम्पन्न भएका छन् । सो खेल २८ गते सकिने भएको छ ।
अम्बेकेश्वरी क्याम्पस र भिएन कलेजको संयुक्त आयोजनामा पुस २० गतेदेखि शुरु भएको बिआइएम क्रिकेट कपमा भोलि ४ वटा टिम सेमी फाइनलमा भिड्ने भएका छन् ।
जसमा भोलि बिहान ११ बजे हुने खेलमा ऐरावती क्याम्पस र दीपशिखा क्याम्पस भिड्दै छन् भने दिउँसो २ बजे हुने खेलमा अम्बेकेश्वरी क्याम्पस र लमही गोर्खा भिड्ने कार्यक्रमका संयोजक आचार्यले बताए ।

 

Facebook Comments