• ६ आश्विन २०८३, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
एमाले जिल्ला सदस्य बनेको दुई दिनमै एकीकृत समाजवादीमा प्रवेश




  1. दाङ, २५ पुस । नेकपा एमाले दाङका जिल्ला कमिटि सदस्य तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य जानका रेग्मी एकीकृत समाजवादीमा प्रवेश गरेकी छिन् ।

आज तुलसीपुरमा पार्टी निकट युवा संघको भेलाका अवसरमा रेग्मीसहित तुलसीपुरकै कार्यपालिका सदस्य डिला परियार, एमालेका पूर्व जिल्ला कमिटि सदस्य प्रेमबहादुर बस्नेत, बसन्ता गोरा थोकीलगायत एमालेबाट नेता तथा कार्यकर्ताहरुले एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

त्यस्तै दुर्गा वली , शान्ता वली, लक्ष्मी वली, विष्णु वली, ओमबहादुर कडेल, मोहन बस्नेत बसन्ता रैदासलगायतले एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । नब प्रवेशीहरुलाई पार्टीका केन्द्रीय सचिब भागवत विस्वासीले स्वागत गरेका हुन् ।

यस अघि कार्यपालिका सदस्य दीपक कुमाल,चित्रा मल्ल तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ का अध्यक्ष एकीकृत समाजवादीलाई नै रोजेका थिए ।

Facebook Comments