दाङ। मगर मुक्ती मोर्चा नेपालकी केन्द्रीय समिती सदस्य एवम एकीकृत जनक्रान्तिका सहिद महानकी पत्नी मालती राणाले सहीद महानको बलिदानको पश्चाताप नभएको बताउनुभएको छ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेशका अध्यक्ष दिपेश पराइ बिष्ट संगको भेटघाटको क्रममा उहाले उक्त कुरा बताउनुभएको हो।
उहाले भन्नुभयो,” सहिद महान देश र जनताको पक्षमा संघर्ष गर्दागर्दै मैदानमा ढलेको सिपाही हुनुहुन्छ, अधुरो क्रान्ती पूरा गर्ने अभियानमा साहासिक बलिदान गर्ने उहाप्रती म पस्चाताप गर्दिन”।
सहिद महानको मृत्यु ऐतिहासिक मृत्यु भएको समेत उहाले बताउनुभयो।
एकीकृत जनक्रान्ती कुनैपनी हालतमा सफल भएमात्रै सहिद महानको बलिदान व्यर्थ नजाने पत्नी मालतिले बताउनुभएको थियो। उहाले पार्टीले सहिद परिवारलाई उच्च सम्मान गरेको भन्दै आफुहरु उत्साहित र उर्जाशिल भएर एकीकृत जनक्रान्तीमा लामबद्ध भइरहेको समेत बताउनुभएको हो।
भेटघाटको क्रममा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपेशले महानको ऐतिहासिक बलिदान खेर जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाले सहिद महानको ऐतिहासिक मृत्युवरणलाइ उर्जाका रुपमा लिएर आफुहरु पार्टी क्रान्तीमा दृढतापुर्वक लम्किरहेको स्पष्ट पार्नुभएको थियो।
एकीकृत जनक्रान्तीका शहिदहरुका परिवारसंग भेटघाटको क्रममा जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपेश पराइ बिष्ट सहिद महानको परिवारसंग भेटघाट गर्न पुग्नुभएको हो। भेटघाटमा जनपत्रकार संगठन नेपाल दाङका अध्यक्ष हेमन्त प्रकाश वली समेत सहभागी थिए।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।