• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बिआइएम क्रिकेट कपको दोस्रो दिन तीन खेल सम्पन्न




घोराही, २१ पुस । दाङको घोराहीमा बिआइएम क्रिकेट कप शुरु भएको दोस्रो दिन आज तेस्रो, चौथो र पाचौं गरि तीन खेल सम्पन्न भएका छन् ।

तेस्रो खेलमा महेन्द्र बहुमुखी क्याम्पस र लमहीको गोर्खा स्कूलबीच भएको खेलमा गोर्खा स्कुल ७ रनले विजयी भएको हो । ट्स जितेर ब्याटिङ फस्ट रोजेको गोर्खा स्कुलले ८३ रनमा १० विकेट गुमाउँदै महेन्द्र बहुमुखी क्याम्पसलाई ८४ रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँदै महेन्द्र क्याम्पसले ७६ रनमा सबै १० विकेट गुमाउँदा गोर्खा स्कुल ७ रनले विययी हुन पुग्यो ।

त्यस्तै चौथो खेलमा माउन्ट भ्यू स्कुल र राप्ती शिक्षा क्याम्पसबीच भएको खेलमा माउन्ट भ्यू स्कुल ६ विकेटले विजयी भएको हो । ट्स जितेर ब्याटिङ रोजेको राप्ती शिक्षा क्याम्पसले ८९ रनमा आफ्नो १० विकेट गुमाउँदै माउन्ट भ्यूलाई ९० रनको लक्ष्य दिएको थियो । सो लक्ष्य पछ्याउँदै माउन्ट भ्यूले ४ विकेट गुमाएर ९० रनको लक्ष्य भेटाउँदै ६ विकेटमा म्याच जित्न सफल भएको जानकारी प्राप्त भएको छ ।

त्यसैगरी पाँचौ खेलमा मावि जन्द्रागाउँ र राप्ती बबई क्याम्पसबीच भएको खेलमा राप्ती बबई क्याम्पस ३१ रनले विजयी भएको हो । राप्ती बबई क्याम्पसले ६ विकेट गुमाउँदै ८९ रन बनाउदै मावि जन्द्रागाउँलाई ९० रनको लक्ष्य दिएको थियो । सो लक्ष्यलाई पछ्याउँदै मावि जन्द्रागाउँले ५८ रनमा आफ्ना सबै १० विकेट गुमाएर पराजित हुन पुगेको कार्यक्रमका संयोजक बिपिनमणी आचार्यले अनलाइनलाई जानकारी दिए ।

जिल्ला भित्र रहेका प्लटु र क्याम्पस/कलेजबीच मैत्रीपूर्ण क्रिकेट कपमा १० टिमले सहभागिता जनाएका छन् । खेल २८ गते सकिने भएको छ ।
भोलि पनि तीन वटा खेल हुने भएका छन् ।

कप शुरुको दिन हिजो अर्थात् मंगलबार दुई खेलहरु सम्पन्न भएका थिए ।

 

Facebook Comments