रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका-९ ह्वामाको गर्पा कापडाँडा सडकमा दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो ।
यात्रुलाई गाउँ छोडेर सदरमुकाम लिबाङ आउँदै गरेको अटो आईतबार दिउँसो १ बजे दुर्घटनाहुँदा रुन्टीगढी गाउँपालिका-९ सखीका ३४ वर्षिय खुम रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रा १ ह ३०५१ को अटो दुर्घटना हुँदा सडकबाट करिब दुईसय मिटर तल खसेको थियो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।