• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङमा गाडीको ठक्करबाट एक जना पुरुषको मृत्यु




दाङ, १६ । दाङमा गाडीको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । दंगीशरण गाउँपालिका वडा नम्बर ६ का ३२ बर्षीय सुमन केसीको मृत्यु भएको हो । केसीलाई आज बिहान अन्दाजी चार बजे गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।

तुलसीपुर सुर्खेत सडकखण्ड अन्तर्गत दंगीशरण ६ को श्रीगाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन् । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिनुभयो ।

शबलाई राप्ती प्रादेशिक अस्पतालको शबगृहमा राखिएको छ । घटनापछि मृतकका आफन्तले दोषिको पहिचान र कार्बाहीको माग गर्दै तुलसीपुर हापुरे सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने गाडीको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments