• ३ माघ २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भोलि ल्होसारको सार्वजनिक विदा




नेपाल सरकारले भोलि बिहीवार तमु ल्होसारको सार्वजनिक विदा दिएको छ ।

मन्त्रिपरिषद्को केहीबेरअघि बसेको बैठकले सो निर्णय गरेको हो ।

यसअघि नेपाल सरकारले राजपत्रमार्फत ल्होसारमा सम्बन्धित समुदायलाई मात्रै विदा दिने निर्णय गरेको भए पनि राष्टिय महत्वलाई ख्याल गरी देशभरि सार्वजनिक विदा दिने निर्णय गरिएका भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जानकारी दिनुभयो ।

देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कूटनीतिक नियागमा पनि विदा दिइने छ ।

लोसार  विशेषत: तिब्बती, नेपालको शेर्पागुरुङ र तामाङ जातीले नयाँ वर्षको रूपमा मनाउने नेपालको एक मुख्य पर्व हो । लोसार बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्त्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।

यो चाड नेपालका विभिन्न जातजाती, धर्मालम्वी खासगरी मंगोल मूलका केही प्रजातिहरूले धुमधामका साथ मनाउछन् । यद्यपि पछिल्लो समयमा नेपालमा बसोबास गर्ने सबै जातीले यो चाड मनाउन थालेका छन् । लोसार पर्वका लागि नेपालमा सार्वजनिक विदा दिइन्छ ।

Facebook Comments