घोराही, १३ पुस । दाङमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा सम्पन्न भएको छ । राप्ती इञ्जिनियरिङ कलेज घोराही दाङको आयोजनामा सोमबार सो प्रतियोगिता सम्पन्न भएको हो ।
दाङ जिल्लामा रहेका प्लस टु साइन्सका ९ वटा स्कुलको सहभागिता भएको प्रतियोगितामा सिद्धार्थ एकेडेमी घोराही प्रथम भएको छ । एकेडेमीमा अध्ययनरत रोहन कर्ण, साधना पोख्रेल र सरद चौधरी प्रथम स्थान हासिल गर्न सफल भएका थिए ।
त्यस्तै प्रतियोगितामा माध्यमिक विद्यालय रझेना घोराहीले दोस्रो स्थान हासिल गर्न सफल भएको छ । जसमा मोहन घर्ति मगर, उमेश घर्ति मगर र कमल आर्यालले प्रतियोगितामा भाग लिएका थिए ।
त्यसैगरी पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय घोराहीले तितृय स्थान हासिल गरेको छ । जसमा अग्नी सुबेदी, स्वाभिमान पौडेल र आरजु बस्नेतले प्रतियोगितामा सहभागी जनाएका थिए ।
प्रतियोगितामा प्रथम स्थान गर्ने सिद्धार्थ एकेडेमीले नगद १५ हजारसहित प्रमाण पत्र, दोस्रो हुने श्री माध्यमिक विद्यालय रझेनाले नगद १० हजारसहित प्रमाण पत्र र तेस्रो हुने पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालयले नगद ५ हजारसहित प्रमाण पत्र प्राप्त गर्न सफल भएको राप्ती इन्जिनियरिङ कलेजले जानकारी दिएको छ ।
राप्ती इञ्जिनियरिङ कलेज व्यवस्थापन समिति अध्यक्ष भीमसेन गिरीको सभापति तथा शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख विनोद गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि गौतमले राप्ती इञ्जिनियरिङ कलेजले समाज रुपान्तरणको लागि लुकेका रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताए । साथै राप्ती इञ्जिनियरिङ कलेजले विद्यार्थीहरुलाई उद्यमशिलता, शिक्षा, खेलकुद लगायतका विषयहरुलाई अझ सामाजिक रुपान्तरणसंग जोड्नु पर्ने उनको भनाइ थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।