होलेरी, १३ पुस । रोल्पाको रुन्टीगढी गाउँपालिका विद्यालयको स्वास्थ्य तथा पोषण कार्यक्रमको समीक्षा सम्पन्न गरिएको छ । पालिकाको आयोजना तथा सुआहारा र रुडास नेपालको समन्वयमा सोमबार पालिकाको आफ्नै भवनमा एक कार्यक्रमकाबीछ सो समीक्षा सम्पन्न गरिएको हो ।
रुन्टीगढी गाउँपालिकाको उपाध्यक्ष छमाया पुनको अध्यक्षता एवं पालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजिक बिकास संयोजक यामबहादुर दसौदी , स्वास्थय शाखा प्रमुख गणेश बुढा ,रुडास नेपालका अध्यक्ष भिम हादुर घर्ती र फिल्ड संयोजक टेकेन्द्र घर्ती ,सुआहाराका स्वास्थ्य तथा पोषण प्रमुख सन्तोष पहारी लगायत सम्पुर्ण गाउँपालिका अन्तर्गत बिद्यालयका पोषण सहजकर्ताको उपस्थिति उपस्थिति रहेको थियो ।
कार्यक्रममा विद्यालयमा विद्यार्थीहरुको स्वास्थ्य पोषणको बारेमा बृहत छलफल भएको गाउँपालिकाले जनाएको छ ।
गणेश बुढाको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण मालती बस्नेतले गरेकी थिइन् ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।