• ८ माघ २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी महाधिवेशनः राजनीतिक वैचारिक बहसका लागि २५ समूह गठन




नेकपा माओवादी केन्द्रले आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह बनाएको छ ।

प्रतिवेदनमाथि समूहगत छलफल गरी सुझाव प्रस्तुत गर्न सोमबार २५ समूह बनाई संयोजकहरु तोकिएका छन् । जस अनुसार ज्येष्ठ कम्युनिस्ट मञ्च समूहको संयोजकमा एमके प्रसाईंलाई संयोजक तोकिएको छ ।

सल्लाहकार समितिको दुईवटा समूह बनाइएको छ र संयोजकमा नन्दकुमार थापा तोकिएका छन् । त्यस्तै सातवटा भौगोलिक प्रदेशको पनि दुई दुई वटा समूह बनाइएको छ ।

प्रदेश १ समूहको संयोजकमा हर्क नेम्वाङ, प्रदेश २ को संयोजकमा गणेश शाह, वागमतीको संयोजकमा सरल सहयात्री पौडेल, गण्डकीको संयोजकमा गायत्री गुरुङ, लुम्बिनीको संयोजकमा चक्रपाणि खनाल, कर्णलीको संयोजकमा विमला केसी र सुदूरपश्चिमको संयोजकमा खगराज भट्ट संयोजक तोकिएका छन् ।

प्रवास समितिको समूह संयोजकमा लक्ष्मण पन्त, केन्द्रीय विभागहरुको दुई समूह बनाई संयोजकमा मायाप्रसाद शर्मा तोकिएका छन् । विशेष प्रदेश समूह संयोजकमा जगत शिंखडाले जिम्मेवारी पाएका छन् ।

सम्पर्क समन्वय प्रदेश समूहको संयोजकमा श्रीकृष्ण अधिकारी, पार्टीका सबै आयोगहरुको एक समूह बनाइ संयोजकमा विष्णुविकास श्रेष्ठ संयोजक तोकिएका छन् ।

जनवर्गीय मोर्चाहरुको समूह बनाई त्यसको संयोजकमा अमृता थापा तोकिएकी छन् ।
यी ठाउँमा हुनेछ बहस
समूह १
सहभागीः जेष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थानः प्रज्ञा भवनको सभालको मुख्य भाग
समन्वयको जिम्मेवारीः एनके प्रसाई
समूह २ र ३
सहभागीः सल्लाहकारहरु
छलफलको स्थानः प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारीः नन्दकुमार थापा
समूह ४ र ५
सहभागीः प्रदेश नं। १ का प्रतिनिधिहरु
छलफलको स्थानः भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः हर्क नेम्वाङ
समूह ६ र ७
सहभागीः प्रदेश नं २ का प्रतिनिधिहरु
छलफलको स्थानः पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः गणेश साह
समूह ८ र ९
सहभागीः लुम्बीनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारीः चक्रपाणी खनाल
समूह १० र ११
सहभागीः गण्डकी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः गायत्री गुरुङ
समूह १२
सहभागीः प्रवास प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः पार्टी कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारीः लक्ष्मण पन्त
समूह १३ र १४
सहभागीः कर्णाली प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारीः विमला केसी
समूह १५ र १६
सहभागीः सुदुरपश्चिम प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारीः खगराज भट्ट
समूह १७ र १८
सहभागीः सम्पूर्ण विभागका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारीः मायाप्रसाद शर्मा
समूह १९
सहभागीः उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारीः जगत सिंखडा
समूह २० र २१
सहभागीः सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारीः कृष्ण अधिकारी
समूह २२ र २३
सहभागीः बागमति प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः सरल सहयात्री
समूह २४
सहभागीः आयोगका सदस्यहरु
छलफलको स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागीः जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरु, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरु
छलफल गर्ने स्थानः काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारीः अमृता थापामगर
–केन्द्रीय सदस्यहरु सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने ।
–मंगलबार दिनभर समूहगत छलफल हुने छ । बुधबार विहान ११ बजेदेखि समूह प्रमुखहरुले समूहगत छलफलको निष्कर्ष प्रस्तुत् गर्ने कार्यक्रम छ । बुधबार विहानको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुनेछ ।

Facebook Comments