दाङ । नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
महाधिवेशनको बन्द सत्र आज विहान साढे ११ बजेबाट सुरु भएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक एवम् राजनीतिक दस्तावेज प्रस्तुत गर्नुभएको छ ।
बन्द सत्र सञ्चालनका लागि पार्टी स्थायी समिति सदस्य कृष्णबहादुर महराको अध्यक्षतामा गिरीराजमणी पोखरेल, गणेश साह, पर्शुराम तामाङ, पूर्णाकुमारी सुबेदी, पर्शुराम रम्तेल र रुपा महर्जन सदस्य रहेको सात सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
हलबाट पारित अध्यक्ष मण्डलको बैठकले कृष्णबहादुर महरालाई अध्यक्ष मण्डलको अध्यक्षमा चुनेको हो ।
अध्यक्ष प्रचण्ड दस्तावेज प्रस्तुत् गरिसकेपछि आजै स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नुहुनेछ ।
वैचारिक राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न आजै समूह विभाजन गरी छलफल सुरु गर्ने कार्यक्रम छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।