• ८ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विचार संश्लेषण र विधि निर्माणका लागि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन




विश्वराज आचार्य
समुन्नत समाज कसरी बनाउन सकिन्छ ? मान्छेले मान्छेमाथि गरिने सबै प्रकारका विभेद अन्त्य कसरी गर्न सकिन्छ ? गरिब र धनीबीचको असमानता मेटाउन के गर्नुपर्छ ? राज्य सत्ता र जनताबीचको शासक र शासितको सम्बन्धलाइ संरक्षक र सार्बभौम कसरी बनाउन सकिन्छ ? यही बहस बिगत सात दशकदेखि कम्युनिष्ट दृष्टिकोणका आधरमा नेपालमा हुँदै आएको छ । बहस मत्र हैन आन्दोलन, बलिदान, सम्झौता, सापेक्ष परिवर्तन पनि भएका छन् । सैद्धान्तिक हिसाबले वर्ग बिलोपिकरणको रणनैतिक उद्देश्य कम्युनिष्टको हो ।

राजनैतिक लडाइलाई तुलनात्मकरुपले सफल नेतृत्व प्रदान गरेको माओवादी, राजैतिक परिवर्तनलाई सस्थागत गर्दै जनताको जीवनस्तरमा परिवर्तन, देशको आर्थिकस्तर वृद्धि, सुशासनमा नयाँपन, समग्रमा नयाँ नेपालको नयाँ अनुभूति जनताले गर्न सकेनन् । नयाँ संविधानलाई कार्यान्वायन गर्दै सिर्जनशील र कलात्मक ढंगले वर्गीय अन्तर्बिरोध परिचालन गर्दै आजसम्म राष्ट्रको समृद्धिको मार्गप्रशस्त भैसकेको हुनुपर्ने थियो । जनताको त्यग, बलिदान, साथ र सहयोग माओबादीले बिकास गरेको बिचारलाई समीक्षा गर्दा राजनैतिक परिवर्तनको गतिको तुलनामा यसको गति शून्य मात्र हैन कतिपय सन्दर्भमा उल्टो गतिमा देख्न सकिन्छ ।

नेकपा (माआवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारी गर्दैगर्दा वर्गीय अन्तर्बिरोध र समाधानका बिषयमा बैचारिक बहस र निकास दिने जमर्को गरेको छ भन्ने सुन्दा निकै खुशी महसुस भएको छ । कार्यकर्तास्तरबाट गन्तव्य हरायको बिषय धेरै पहिलेबाट नै पार्टी भित्र उठ्दै आएको हो । नेतृत्वले कतिपय बिषयलाइ भावनात्मक, प्रबिधिक जवाफ दिने र कतिपय बिषयलाइ बेवास्ता गर्दै आएको थियो । बिचारको विकाश र कार्यान्वायन बिधिको बिकासले मात्र पार्टीलाई जीवन्त र गतिशील बनाउने हुदा नेतृत्वले आफ्नो जीवनकालको उत्तरार्धमा केही बर्ष मात्र हैन, धेरै दशकसम्म महत्व राख्ने दुरगामी बिचारको संलेषण र बिधिको प्रयोग गर्ने बिश्वाससहित सुझाबको रुपमा केही बिषय उठान गर्ने जमर्को गरेको छु ।

पहिलो, हाम्रो आन्दोलनको बस्तुवादी समिक्षा हुनु जरुरी छ । जनयुद्ध ऐतिहासिक, साहसिक निर्णय र निर्बिकल्प पहलकदमी थियो । शान्ति सम्झौता आत्मसमर्पण थियन, बिजय थियो । तत्पश्चातका माओवादी निर्णय, कार्यान्वायन, बिभाजन र स्खलनको निर्मम समीक्षा आगामी बिचार संश्लेषणको पििहलो आधार हुनेछ । सचेत पहलकदमी हुदाहुँदै परिस्थितिले हुन नदिएको बिषयहरु केके हुन र परिस्थिति अनुकूल हुदाहुँदै पनि सचेत पहल नपुग्दा जनताको हातबाट गुमेका बिषय के के हुन रु यसको समीक्षा गर्न आबश्यक छ । यसको समीक्षाजविना गरिएको बिचार संश्लेषण अपांग हुन्छ । अझ कडा शब्दमा भन्दा कमजारी लुकाउन गरिएको ढोङ मात्र हुनेछ ।

अन्तरिम संसदमा प्रबेश, पहिलो संविधानसभाको चुनाप, पार्टी बिभाजन, दोस्रो संविधानसभाको चुनाब घोषणा, संझौतामा संविधान घोषणा, मधेश आन्दोलन, भारतीय नाकाबन्दी, एमालेसँगको पार्टी एकता, बाह्य राजनीतिक समीक्षाका मुख्य बिषय हुन् । एकमना एकता खोज्ने, आलोचना सुन्नै नचाहने, संस्थागत निर्णय हुन नसक्ने, प्रलोभन प्रेरित बहसा हुने, कमिटिमा स्वस्थ बहस नहुने, नयाँ सांगठनिक विधि निर्मण नगर्ने, पुरानो भत्काइ दिने, सत्ता र समूह केन्द्रित गतिबिधि हुने, बिचार सिद्धान्त गुट स्वार्थ सिद्धिका साधनको रुपमा व्याख्या गर्नेलगायत धेरै आन्तरिक समीक्षाका बिषय छन् ।

दोस्रो, नेपालको राजनैतिको विश्लेषण । अर्ध सामन्ती र अर्ध औपनिबेश अबस्थाबाट नेपाल अहिले कहाँ पुगेको छ ? सामन्तवादी अर्थब्यस्थामा बिदेशी पूँजी र शक्ति केन्द्रको भूमिका तथा हस्तक्षेप र बर्तमानको हस्तक्षेपको वास्तविक बिश्लेषण आबश्यक छ । दलाल नोकरशाही पूजिपतिको पहिचान, त्यसका प्रतिनिधि राजनैतिक पार्टीको पहिचान, राजैतिक दलभित्र तिनका प्रतिनिधि प्रवृत्तिको पहिचान हुन आबश्यक छ । सैद्धान्तिक र ब्यबहारिकरुपमा राष्ट्रिय पूँजीपति बर्ग कस्तालाई भन्ने र दलाल नोकरशाही कस्तालाई भन्ने स्पष्ट व्याख्या हुन आवश्यक छ । हामीले कुन वर्गसँग कस्तो सम्बन्ध कायम गर्ने, यस क्षेत्रको अन्तर्बिरोधलाई कसरी परिचालन गर्ने प्रस्ट हुन आबश्यक छ । उत्पादक शक्तिको रुपमा नेपाल र नेपालीको पहिचान बनाउने अभियानको आबश्यक छ ।

तेस्रो, अन्तरास्ट्रिय स्थिति । शक्ति आर्जनको होडबाजीमा एकोहोरो कुदिराखेका केही सीमित देशहरुबाट सिंगो विश्व प्रताडित छ । एकतिर अहंकार र घमण्डले कतिबेला कहाँबाट आणबिक अस्त्रले प्रथ्वीे बिनाश शुरु हुने हो त्रासदि र कहालीलाग्दो अवस्था बनेको छ । अर्कोतर्फ मानव र सम्पूर्ण प्राणीको जीवनचक्रलाई आबश्यकपर्ने प्राकृतिक साइकल नै अबरोध गरेर पर्याबरणीय हिसाबले कहिलेसम्म मानब अस्तित्व रहने हो भन्ने त्रास छ । निश्चित देश, निश्चित बर्ग र समूहको शक्ति स्वार्थका लागि सारा विश्व धरापमा पारिएको छ । यसबारेमा संसारभरका जनसमुदायलाइ सचेत संगठित गर्दै साम्राज्यवादीहरुका का विरुद्ध समाजवादी आन्दोलन संगठित गर्नु आवश्यक छ ।

विचार ब्यक्त हुने कार्यक्रममा हो भने कार्यक्रम कार्यन्वयन गर्ने संगठनले हो । बिचार अनुसारको कार्यक्रम र कार्यक्रमअनुसारको संगठन हुन सकेन भने त्यो आदर्श आस्थामा परिणत हुन्छ । सांगठनिक क्रियाकलापलाई हुने बिरुवाको चिल्लो पात उखानसँग तुलना गर्दा अहिलेको तदर्थवादी तरीकाले त्यति राम्रो संकेत देखिदैन । हज्जारौ प्रतिनिधिले समय र परिस्थितिको गाम्भिर्यतालाई महसस गर्दै निर्बिरोध निर्वाचित गरेका कमिटिमा पदाधिकारी निर्बाचित हुन सकेका छैनन ।

नेतृत्वको तदर्थता र उदासिनता छताछुल्ल पोखिएका छन । उपयुक्त पहलकदमी लिएर निर्बिरोध गराउन पनि नसक्ने र बिधिमा लगेर टुंग्याउन पनि नसक्ने, जनता र कार्यकर्तामा पैदा भएको उत्साहलाइ शक्तिमा रुपन्तरण गर्नुपर्ने बेलामा बनेका कमिटीको पदाधिकारी चयन नहुनु नेतृत्वको असफलता हो । उच्च नेतृत्वसमक्ष बास्तबिक रिपोर्ट नपुग्ने, धरातलिया यथार्थभन्दा अलि टाढै मुख्य नेतृत्वलाई राखेर गुट स्वार्थसिद्ध गर्ने टाकुरे नेतृत्व नै बर्तमानको सांगठनिक अराजकताको मुख्य दोषी हुन । साथै आबश्यक पहल या बिधिको बिकास गर्न नसक्नु मुख्य नेतृत्व को समस्या हो ।

बिश्व साम्रराज्यवादो बिकल्पमा समाजबादलाई विश्वभरि स्थापित गर्ने, दलाल नोकरशाही पूजीवादको बिरुद्ध संघर्ष गरेर राष्ट्रिय उत्पादनको वृद्धि गरेर विकसित देशसँग प्रतिस्पर्धी बन्ने लक्ष्य लिएको पार्टीले सबै बिषयमा ध्यान पुर्याउन आबश्यक छ । वडा सम्मेलन, गाउपालिका सम्मेलन पूर्ण सफल हुने तर प्रदेश सम्मेलनमा प्यानल सम्म निर्बिरोध हुने तर पदाधिकारी चयन हुन नसक्ने कुराले समग्र समस्या नेतृत्वमै छ भन्ने देखाएको छ । माओवादीभित्र सांगठनिक समस्या पनि ठूलो समस्याको रुपमा देखा परेको छ । यसमा निर्मत समीक्षा जरुरी छ ।

अन्यथा आवश्यक बिषयमा बहस नगर्ने तर साना कमजोरी ढाक्ने गर्दैगर्दा भित्रभित्रै मक्किएको थाहा नहुनसक्छ । त्यसैले जता जान खोजेको त्यैतैको सम्पूर्ण दिशा केन्द्रित गर्नु जरुरी छ । बैचारिक समाधान दिने बहस गर्दै गर्दा संगठन धराशायी हुनबाट बचाउन मुख्य नेतृत्वलेतत्काल पहल लिन आबस्यक छ ।
(आचार्य नेकपा माओवादी केन्द्रका युवा नेता हुनुहुन्छ)

Facebook Comments