दाङ, ८ पुस । जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारका पारिश्रमिक देखि लिएर समानुपातिक विज्ञापन लगायतको पाँच बुँदे माग राख्दै नेपाल पत्रकार महासंघलाई ज्ञापनपत्र बुझाएको छ । संगठनले बुधबार नेपाल पत्रकार महासंघकाे केन्द्रीय कार्यालय काठमाडौको गौशालामा पुगि अध्यक्ष विपुल पाेखरेललाई सो ज्ञापनपत्र बुझाएको हाे ।
जनपत्रकार संगठन,नेपालका केन्द्रीय संयाेजक शेरबहादुर बिक लगायतका केन्द्रीय नेतागणहरुकाे उपस्थितिमा बुझाएको छ । मागपत्रप्रति आँफु संवेदनशील रहेको अध्यक्ष विपुल पाेखरेल बताए । मागपत्र बुझाउदै जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेर बहादुर बिकले माग वेवास्ता गरिए चरण बद्द संघर्ष गर्ने समेत बताउनुभयो ।
ज्ञापनपत्र:
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।